शनिबार , बैसाख २२, २०८१

काठमाडौं:

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानिय तहको चुनाव लगत्तै नयाँ सिराबाट गठबन्धनलाई अगाडी बढाउने तयारी गरेका छन् ।

प्रचण्डका अनुसार गठबन्धनबाट चुनावपछि कांग्रेस बाहिरिनुपर्ने छ । उनले चुनावपछि वाम एकता गर्नेसम्मको प्रस्ताव अघि सारेका छन् ।

प्रचण्डले चुनावमा केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्ने बताएका छन्। कैलालीको मसुरियामा आयोजित जनसभालाई सम्बोधन

गर्दै उनले केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गरेर फेरि वाम एकता हुने बताए। उनले भने, ‘केपी ओलीको निरकुंश प्रवृत्तिलाई परास्त गर्नुपर्छ।

अहिले परास्त गरेपछि फेरि वाम एकता हुन्छ। यो गठबन्धनलाई बलियो बनाएर वामपन्थीमध्येको एक नम्बरको कम्युनिस्ट पार्टी बनाउनुपर्छ।

त्यसपछि गठबन्धन नयाँ सिराबाट अघि बढ्नसक्छ।’ उनले गठबन्धन पछिसम्म कायम रहने र यही गठबन्धनले देशलाई पार लगाउने दाबी गरे।

उनले शान्ति प्रक्रिया र माओवादी पार्टी बचाउनलाई एमसीसीमा हस्ताक्षर गरेको स्पष्ट पारे। ‘शान्ति प्रक्रिया दुर्घटनामा जाने भयो, देश दुर्घटनामा जाने भयो।

माओवादी आन्दोलन भयावह हुने भयो। त्यही भएर एमसीसीमा हस्ताक्षर गरे। माओवादी आन्दोलन बचेको छ। देश बचेको छ।’

उनले यसअघि आफूहरुले प्रस्ताव गरेको प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताए। ’हामीले प्रस्ताव गरेको प्रधानमन्त्री संघीयताविरोधी, संविधानविरोधी थिए।

संसद् विघटन गरेको हामी सबैलाई थाहा छ,’ उनले भने, ’मेरै निर्वाचन क्षेत्रमा राम–सीता–लक्ष्मण राखिदिए। जाली, फटाहासँग त लड्न सक्दैन।’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय