शनिबार , बैसाख २२, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️?️

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच दलिय गठबन्धन जसरी पनि एमाले हराउ अभियानमा लागेको छ।

केन्द्रमा एमाले हराउ अभियान चलाएपनि स्थानीय तहमा भने त्यसको उल्टो भएको छ। गठबन्धन तोड्दै नेपाली कांग्रेस जितपुरसिमरा उपमहानगरपालिकार्ले एक्लै चुनाव लड्ने

निर्णय गरेको छ। जितपुरसिमरा उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रलाई प्रमुख पद दिएर तालमेल हुने ठहर गर्दै काँग्रेसले एक्लै निर्वाचनमा जाने निर्णय गरेको हो।

नेपाली काँग्रेस बारा क्षेत्र नं.४ (क) र जितपुरसिमरा उपमहानगरपालिका समितिले बैठक नै बसेर गठबन्धन गरेर नभई एक्लै चुनाव लड्ने निर्णय गरेको हो।

काँग्रेस ४ (क) का सभापति सुमनकुमार भट्टराईले काँग्रेस एक्लै चुनाव लड्न सक्षम भएकाले, गठबन्धन भन्दा पनि एक्लै चुनावमा जाने निर्णय गरेको बताए ।

काँग्रेसले कार्यकर्ताको भावनालाई सम्मान गर्दै आगामी निर्वाचनमा कुनै दलसँग तालमेल नगरी एक्लै चुनावमा जानुपर्ने भन्दै सोही

अनुसार निर्णय गरेको जितपुरसिमरा नगर समितिका सभापति छविलाल शर्माले बताए । गठबन्धनको नाममा अर्को दलको उम्मेदवारलाई

स्विकार गर्न नसकिने भन्दै शर्माले पार्टीको अस्तित्व जोगाउन एक्लै निर्वाचनमा जाने तयारी भएको उनले बताए। तेस्तै, नेकपा (माओवादी केन्द्र)का

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले प्रतिक्रियावादी शक्तिहरु माओवादी आन्दोलनलाई क्षतविक्षत पार्न लागिपरेको आरोप लगाएका छन् ।

बिहीबार खुमलटारमा आयोजित नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा परित्याग गर्ने नेता तथा कार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने कार्यक्रममा

बोल्दै उनले उक्त आरोप लगाएका हुन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले पार्टीमा अन्तरविरोध भएपनि पार्टी विभाजन गल्ती भएको बताए ।

जनयुद्धको गौरव बोकेका सबै माओवादी र परिवर्तन चाहने सबै कम्युनिष्टबीच ध्रुवीकरणको आवश्यकता रहेकोमा उनले कार्यक्रममा जोड दिएका थिए ।

अधुरो क्रान्ति पुरा गर्ने भन्दै विप्लव नेतृत्वको आन्दोलनमा सहादत प्राप्त गर्नेहरुलाई शहीदको घोषणा र जेलमा रहेका बन्दीहरुको

रिहाईका लागि आफूले पहल गर्ने समेत प्रचण्डले बताएका थिए । विप्लव नेतृत्वको नेकपाले क्रान्तिकारी लफ्फाजीको नाममा आन्दोलनलाई गोलचक्करमा

फसाएको आरोप उनले लगाए । नव प्रवेशीहरुका तर्फबाट बोल्दै नेकपा केन्द्रीय सदस्य हेमराज भट्टराई ‘श्रवण’ ले क्रान्तिमा विप्लव नेतृत्वले गरिरहेका गतिविधिले जनयुद्दकै

उपलब्धि खोस्ने शक्तिहरुलाई लाभ पुग्ने आशंका उत्पन्न भएको बताएका थिए । तेस्तै, नेकपा एमालेका नेता भीम रावलले आफ्नो पार्टीको चुनाव चिन्ह्र ‘सूर्य’

अरुलाई प्रयोग गर्न दिएकोमा आपत्ति जनाएका छन् ।नेकपा एमालेले बुधबार कमल थापा नेतृत्वको राप्रपा, नेपाल र परिवार दललाई आगामी स्थानीय तह निर्वाचनमा,

सूर्य चिन्ह प्रयोग गर्न दिने सहमति गरेपछि रावलले आपत्ति जनाएका हुन् ।विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले

एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का

लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ?,’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

एमालले बुधबार राप्रपा, नेपाल र परिवार दलसँग पाँच/पाँच वुदे छुट्टाछुट्टै सम्झौता गरेको थियो । सम्झौतामाा रापप्रपा, नेपाल र परिवार दलका उम्मेदवारले सहमति भएका स्थानमा सूर्य चिन्ह लिएर चुनावमा भागलिन पाउने उल्लेख थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय