शनिबार , बैसाख २२, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस?️?️?️?️

पछिल्लो समय नेकपा एमालेमा प्रबेश गर्ने जनप्रतिनिधिको सँख्या बढेको छ । ओखलढुंगाको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष छवीरमण धमला

एमालेमा प्रवेश गरेका छन् । मंगलबार सुनकोसी गाउँपालिकाको वडा नं. १० मा आयोजित एक कार्यक्रमका बीच धमला एमाले प्रवेश गरेका हुन् ।

धमला सहित एमाले प्रवेश गर्नेहरूलाई संघीय सांसद यज्ञराज सुनुवार र प्रदेश सांसद अम्बिरबाबु गुरुङले एमालेमा स्वागत गरेका थिए ।

धमला २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेर एमालेका उम्मेदवार सँग पराजित भएका थिए ।

माओवादी केन्द्र सुनकोसीका प्रभावशाली नेताका रूपमा रहेका धमला सहित सुनकोसीमा एक दर्जन माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षको दबी गरिहेका उनी एमाले प्रवेश गरेसँगै माओवादी केन्द्र सुनकोसीलाई ठूलो धक्का लागेको बताइएको छ ।

माओबादि केन्द्रले गठबन्धनबाहिर तालमेल नगर्ने: सत्तारुढ नेकपा माओवादी केन्द्र ले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल नगर्ने भएको छ ।

अध्यक्ष प्रचण्डले सोमबार पठाएको सर्कुलरमा सत्ता गठबन्धनमा तालमेल हुन नसकेको पालिकामा मित्रवत प्रतिस्पर्धा हुने गठबन्धनबाहिर तालमेल

नगर्ने भनिएको एक जिल्ला अध्यक्षले बताए । तालमेल नगरी एक्लै चुनाव लड्नु परेमा केन्द्रको स्वीकृति अनिवार्य चाहिनेछ ।

उदाहरणको लागि माओवादीको गढ मानिने रुकुमको मुसिकोट नगरपालिकामा माओवादी एक्लै चुनाव लड्नु परे पनि केन्द्रको स्वीकृत चाहिनेछ ।

माओवादीले केन्द्रको स्वीकृति नलिई एक्लै चुनाव लड्न नपाउने आदेश दिएको छ । त्यस्तै उम्मेदवार सिफारिसमा पनि एउटा जिल्लाबाट

कम्तीमा एउटा पालिका प्रमुख महिला अघि सार्न र एउटा पालिकाबाट कम्तीमा एउटा वडाको अध्यक्ष महिला हनुपर्ने भनिएको छ ।

अध्यक्ष प्रचण्डले गणतन्त्र र संविधान जोगाउनका आगामी निर्वाचनहरुमा सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले भने– पोहोर जसरी संविधान नै उल्ट्याउने प्रयास भयो,

अब पनि त्यहीं शक्तिले जित्यो भने हामीले बलीदानी दिएर ल्याएको संविधानसँगै गणतन्त्र नै जोखिममा पर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय