शुक्रबार , बैसाख १४, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस ?️?️?️

सत्तारुढ दलका शीर्ष नेता नेतृत्वमा रहेको गठबन्धनमा अर्थमन्त्री जनार्दन शर्मालाई परिवर्तन गर्न कांग्रेस नेताहरुले प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत सहभागी बैठकमा कांग्रेस नेताहरुले सोमबार यो प्रस्ताव राखेका थिए ।

“अर्थमन्त्री तपाईंको पार्टीका हुनुहुन्छ, प्रधानमन्त्रीले सीधै परिवर्तन गर्न पनि मिलेन । किनकि यो गठबन्धन सरकार हो । उहाँलाई

फिर्ता बोलाएर अर्को व्यक्तिलाई अर्थमन्त्रीमा तत्काल पठाउनूस्,” कांग्रेस नेताहरुको भनाई उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो ।

बैठकमा माओवादी अध्यक्ष दाहालले पनि अहिले अर्थमन्त्रीमात्रै भन्दा पनि केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएकाले परिवर्तन गर्नुपर्ने अवस्था रहेको

धारणा राख्दै पार्टीभित्र छलफल गर्ने बताएका थिए । माओवादीका केही नेताहरु सोमबार पनि यस विषयमा आन्तरिक छलफलमा थिए ।

सोमबारको गठबन्धन बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गभर्नर हटाउनुको कारणबारे प्रधानमन्त्रीसँग जानकारी मागेका थिए ।

तर प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले गभर्नरले असहयोग गरेको हुँदा हटाउनुपर्ने प्रस्ताव ल्याएको र आफूले त्यसमा समर्थन जनाएको बताएका थिए ।

गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णयपछि अर्थमन्त्री शर्माको पनि राजीनामा माग गरिएको छ । तर माओवादी केन्द्रमा ‘सिनियर नेता’

भएको हुँदा अहिले नै हटाउँदा चुनावको मुखमा कार्यकर्तामाझ राम्रो सन्देश नजाने भएकाले चुनावसम्म पर्खिनुपर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

देशलाई श्रीलंका बनाउन खोजियो भन्ने कुरा अफवाह हो: अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्री जनार्दन शर्माले देशलाई श्रीलंका जस्तो बनाउन खोजियो भन्ने कुरा

अफवाह मात्र भएको दाबी गरेका छन्। अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री शर्माले अहिले देशको अवस्था श्रीलंकाको जस्तो नभएको दाबी गरेका हुन्।

चुनावी रकमदेखि सामाजिक सुरक्षा भत्ता समेत दिन नसकेको भनेर हल्ला चलाएको समेत अर्थमन्त्रीले बताए। यिनै विषयलाई जोडेर देश

श्रीलंकाको जस्तै आर्थिक संकट हुन लागेको अफवाह फैलाएको उनको भनाइ थियो। अहिलेको अर्थतन्त्र सकरात्मक दिशातिर गइरहेको दाबी उनको छ।

उनले गभर्नर हटाउनु परेको प्रमुख कारणका रूपमा अनियन्त्रित कर्जा विस्तारलाई आधार बनाएका छन्। मौद्रिक नीतिमा कर्जा

प्रवाह लक्ष्य १९ प्रतिशत राखिएकोमा ३२ प्रतिशत पुग्दा पनि त्यसलाई समयमै नियन्त्रण गर्न गभर्नरले नसकेको आरोप उनले लगाएका छन्।

‘यो नियन्त्रण गर्नुपर्ने हो कि होइन? यो अर्थले गर्दैन राष्ट्र बैंकले गर्ने हो,’ उनले भने। अर्थमन्त्रीले विस्तार भएको ऋण उत्पादन क्षेत्रमा नगएको बताए।

‘यस्तो पैसा कहाँ लगानी भएको छ त भनेर जान्ने प्रयत्न नगरेको होइन। तर, त्यो हामीले प्राप्त गर्न सकेनौं,’ उनले यसमा गभर्नरले असहयोग गरेको संकेत गरे।

उनले मुद्राप्रदायमा अनियन्त्रित विस्तार हुँदा आयात वृद्धि हुँदै गएर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेको बताए। ‘यसलाई नियन्त्रण गर्न मैले पहिलेदेखि भनेको हो।

सल्लाहकार र विज्ञताको हिसाबले राष्ट्र बैंकलाई भनेको हो,’ उनले भने, ‘तर, त्यसमा ध्यान दिइएन।‘ अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह भएको विषयमा

आफूले गभर्नरलाई भनेको भन्दै गभर्नरले त्यसलाई नियन्त्रण गर्न नसकेको दाबी गरे। ‘व्यक्तिगत रूपमा आरोप प्रत्यारोप होइन। समितिले बाहिर रिपोर्ट ल्याउँछ,’ उनले भने।

उनले आफूले कसैलाई पनि हस्तक्षेप नगरेको भन्दै सबैसँग सहकार्य गर्न खोजेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय