मंगलबार , बैसाख २५, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस?️?️?️

अर्थमन्त्री जनार्दन शर्माले पूर्व अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता वर्षमान पुनले नेकपा एमालेसँग तालमेलमा जान चाहेकाले गभर्नर निलम्बनको विरोध गरेको आरोप लगाएका छन् ।

प्राइम टाइम्स एचडीबाट हिजो प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अर्थमन्त्री शर्माले भने, “वर्षमान पुन र म साथी साथी हौं, सहयोद्धा हौं ।

उहाँसँग मेरो सम्बन्ध राम्रै छ । तर उहाँ एमालेसँग तालमेलमा जान चाहनुहुन्छ । हामी यही गठबन्धनलाई बलियो बनाउने पक्षमा छौं ।

यो कुरा उहाँलाई मन परेको छैन । त्यसैले गठबन्धनको विरोध गर्न गभर्नर निलम्बनमार्फत छिर्नुभएको हो ।” वर्षमान पुनलाई यसबाट कुनै राजनीतिक लाभ नहुने पनि शर्माले ठोकुवा गरे ।

उनले थपे, “वर्षमानले त्यो कुरा व्यक्तिगत र पार्टीगत रुपमा भन्नुभएको छैन, पत्रिकामार्फत भन्नुभएको छ । यो उहाँको बुझाइको समस्या हो ।

उहाँले आफूलाई राजनीतिक फाइदा हुन्छ भनेर निलम्बनको आलोचना गर्नुभएको होला । तर उहाँलाई केही पनि फाइदा हुँदैन ।”

तपाईंहरु दुवै पार्टीभित्र महासचिवको आकांक्षी भएकाले टकराव आएको हो कि भन्ने पत्रकार धमलाको प्रश्नमा नेकपा ९माओवादी केन्द्र० का नेतासमेत रहेका शर्माले भने,

“मैले उहाँलाई महासचिव हुनोस् भनेको हुँ । मैले रोकेर उहाँ महासचिव हुन नपाउने हो र रु महासचिव को बन्ने भन्ने कुरा रहर गरेर मात्र हुँदैन ।

यसको निश्चित विधि र प्रक्रिया हुन्छ ।कार्यकर्ताको चाहना पनि हो ।” “वाम गठबन्धन असफल भएकाले वाम(लोकतान्त्रिक गठबन्धन”

केपी ओली नेकपा एमालेको अध्यक्ष हुन्जेल वाम गठबन्धन नहुने पनि उनले औंल्याए । शर्माले थपे, “यो वाम(लोकतान्त्रिक गठबन्धन संघीय निर्वाचनपछि पनि रहन्छ ।

किनभने हामीले वाम गठबन्धन पनि गरेका हौं, पार्टी एकीकरण पनि गरेका हौं । तर त्यो सफल भएन । यो गठबन्धन गिरिजाप्रसाद

कोइराला र प्रचण्डले गरेको सहकार्यको निरन्तरता पाएको छ । जसले वाम गठबन्धन चाहे पनि केपी ओली अध्यक्ष रहुन्जेल एमालेसँग हाम्रो सहकार्य हुँदैन ।

संविधान र संसद् छिन्नभिन्न पार्नेसँग कुन तर्कले कसरी गठबन्धन गर्ने रु” “गठबन्धन मन नपराउने माओवादीभित्र पनि होलान्”

पार्टी अध्यक्ष प्रचण्डसँग तपाईंको सम्बन्ध कस्तो छ भन्ने पत्रकार धमलाको प्रश्नमा शर्माले भने, “प्रचण्ड मेरो नेता हो, पार्टी अध्यक्ष हो । म उहाँको कार्यकर्ता हुँ ।

उहाँले जिम्मेवारी दिएर म यहाँ छु । म सरकारकै मन्त्री हुँ । म गठबन्धनकै पक्षमा छु । हामी गठबन्धनलाई बलियो बनाएर जाने पक्षमा छौं ।

तर मेरा साथीलाई यो मन नपर्दाखेरि यता छिरेर बोल्नुभएको हो ।” तपाईंको पार्टीभित्रै गठबन्धन मन नपराउने रहेछन्, भरतपुरमा मेयर कसरी लिनु वा दिनुहुन्छ भन्ने प्रश्नमा शर्माले थपे,

“गठबन्धन मन नपराउने माओवादीभित्र पनि होलान्, कांग्रेसमा पनि छन् । मूलभूत रुपमा गठबन्धन हुन्छ । यो शतप्रतिशत लागू नहुन पनि सक्छ ।

देशभरि गठबन्धन हुन लागेको छ भने देशभित्र पर्दैन भरतपुर रु” “क्याबिनेटको निर्णय प्रधानमन्त्रीले गर्ने हो” प्रधानमन्त्रीले तपाईंलाई हटाउन लाग्दा तपाईंले गभर्नरलाई

हटाउनुभयो भन्ने सुनिन्छ नि भन्ने पत्रकार धमलाको अर्को प्रश्नमा शर्माले भने, अर्थमन्त्री हटाउन चाहेको हो कि गभर्नर हटाउन चाहेको प्रधानमन्त्रीलाई नै सोध्नुस् न ।

गभर्नर निलम्बन मैले गरेको निणर्य होइन, क्याबिनेटले गरेको हो । क्याबिनेटको निणर्य प्रधानमन्त्रीले गर्ने हो । केन्द्रीय बैंकको सही नेतृत्व गर्न

नसकेकाले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरिएको उनको जिकिर छ । उनले भने, राष्ट्र बैंक स्वायत्त संस्था हो तर नेपाल सरकारभन्दा फरक पनि होइन ।

नेपालको अर्थतन्त्र सुधारका लागि उहाँको पफर्मेन्स पुगेन । उहाँले अर्थ मन्त्रालयसँग कोअर्डिनेसन पनि गर्नुभएन । उहाँले सही ढंगले नेतृत्व गर्न सक्नुभएन ।

१९ प्रतिशत ऋण दिने लक्ष्य छ । तर ३१ प्रतिशत गइसक्यो । सुशासन, अनुगमन, नियमन, ऋण प्रवाह आदिमा राम्रो काम गरेको भए तथ्यले पुष्टि गरिहाल्छ नि ।

“पूर्वन्यायाधीश छानेको हुँ ,आफ्नो मान्छे होइन” तपाईंले आफन्तलाई गभर्नर प्रकरणको छानबिन समितिको प्रमुख किन बनाउनुभयो भन्ने प्रश्नमा अर्थमन्त्री शर्माले भने,

“पुरुषोत्तम भण्डारी के नाता पर्छ र रु मैले जो छाने पनि पूर्वन्यायाधीश छानेको हुँ । आफ्नो मान्छे छानेको होइन ।” पृथ्वीबहादुर शाह र तपाईंको

संयुक्त खाता रहेको आदि हल्ला पनि छन् नि भन्ने प्रश्नमा उनले भने, “म जनप्रतिनिधि हुँ । दिनमा सयौं नागरिक मन्त्रालयमा आउँछन्, आर्थिक सहायता माग्छन् ।

पृथ्वीबहादुर शाह पनि रुँदै कराउँदै आए । म छानबिनको अधिकारी होइन । सचिव, महाशाखाका प्रमुखलाई तथ्य के हो, हेरिदिनूस् भनिदिएको हो ।

मैले त्यसभन्दा अगाडि भेटेको पनि थिइनँ, घर कहाँ हो भनेर सोधेको पनि थिइनँ । यस्ता योजनाबद्ध किन समाचार लेखिन्छन् रु अफवाहको खेती गरेर हुँदैन । त्यसलाई पुष्टि पनि गर्नुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय