मंगलबार , बैसाख २५, २०८१

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने बताएका छन्। बझाङ सदरमुकाम

चैनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरे।

उपाध्यक्ष पौडेलले अहिलेको सरकार परमादेशबाट आए पनि आगामी चुनावको जनादेशबाट पुनर्स्थापना गरिने बताएका छन्।

उपाध्यक्ष पौडेलले देशको विकासका लागि एमाले सरकारको विकल्प नभएको बताए। ‘एमालेबाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका

होलान्, तर अर्बका आएका छन्, छैनन्ु, उनले भने, ुतर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन्।’

पौडेलले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा चैनपुर-ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टयाइएको स्मरण गरे।

एउटै सडकलाई एक अर्ब ४० करोड बजेट छुट्याउन एमालेको सरकारले मात्रै सक्छ। त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उपाध्यक्ष पौडेलले भने।

अहिले चैनपुर-ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै उनले एमाले सरकार आएपछि यसलाई निर्माण थालिने बताए।उनले अब कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न नसक्ने

बताए। ‘एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भने, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छरु उनीहरू भन्ने छन्-छैन।’

“अबको ४ वर्ष भित्र निजि स्कुल छाड्ने लर्को लाग्छ : मेयर दाहाल चितवन । भरतपुर महानगरले महानगरका ५ वटा सरकारी बिद्यालयलाई स्कुल बस प्रदान गरेको छ ।

सामुदायिक बिद्यालयको शिक्षाको स्तर विकास गरी बिद्यार्थी र अभिभावकको प्रमुख रोजाईमा पार्ने योजना र उदेश्य सहित महानगरले नारायणी नमुना मावि भरतपुर १०,

कविलास मावि भरतपुर २९, भिमनगर मावि भिमनगर, प्रभात मावि शुक्रनगर र लक्ष्मि मावि जगतपुरलाई स्कुल बस हस्तान्तरण गरेको हो ।

महानगरमा एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेनु दाहालले बिद्यालयका अध्यक्ष र प्रअ लाई बसको साचो हस्तान्तरण गरेर बिद्यालयलाई बस प्रदान गरेकी हुन् ।

रुट प्रमिट र ईन्सुरेन्स सहित प्रतिबस १९ लाख ९८ हजार रुपैया लागतमा महानगरले बिद्यालयलाई बस हस्तान्तरण गरेको हो ।

अघिल्लो आर्थिक वर्षको बजेटबाट महानगरले बिद्यालयलाई बस प्रदान गरेको महानगरका प्रमुख प्रशाशकिय अधिकृत भोजराज खतिवडाले बताए ।

चालु आर्थीक वर्षमा पनि स्कुल बस दिने कार्यक्रमलाई निरन्तरता दिईने खतिवडाको भनाई छ । महानगरले यस अघि बिद्यार्थीका लागी साईकल

हस्तान्तरण समेत गरेको थियो भने बिद्यालयको भौतिक संरचना सुधार देखी शैक्षिक सुधारका धेरै राम्रा कार्यक्रमहरु गरिसकेको खतिवडाले बताए ।

अबको ४ वर्ष भित्र निजि स्कुल छाड्ने लर्को लाग्छ : मेयर दाहाल महानगरको शिक्षाको स्तर सुधार गरि सामुदायिक बिद्यालयलाई अभिभावक र बिद्यार्थीको प्रमुख रोजाईको

केन्द्रका रुपमा विकास गर्न महानगरले शिक्षा विकासको कार्यक्रम अन्त्रगत यस पटक ५ बिद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् ।

दाहालले यही स्थितिमा सरकारी बिद्यालयको शैक्षिक विकास हुँदै गए आगामी ४ वर्षमा निजि स्कुल छाडेर सरकारी बिद्यालयमा भर्ना हुने लर्को लाग्ने दावि गरीन् ।

महानगरले स्कुलको भौतिक संरचना निर्माण, स्तर उन्नति देखि शैक्षिक पुर्वाधार विकास गर्दै प्रबिधिमैत्रि शिक्षण सिकाईमा जोड गरेको बताउदै

दाहालले महानगरका निजि बिद्यालयभन्दा धेरै गुणा सरकारी बिद्यालयको शिक्षाको स्तर माथि उठाउने गरी आफुहरु निरन्तर खटिएको बताईन ।

भरतपुरको नारायणी नमुना माविले चितवनकोनै ईज्जत राखेकोले महानगरका सबै बिद्यालयहरुको शैक्षिक विकासको स्तर त्यही अनुपातमा पुर्याउन चाहेको दाहालको भनाई छ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले एकल बहुमत ल्याउने बताएका छन्।

बझाङ सदरमुकाम चैनपुरमा सोमबार आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी चुनावपछि केपी शर्मा ओलीले नयाँ सरकारको नेतृत्व गर्ने दाबी गरे।

उपाध्यक्ष पौडेलले अहिलेको सरकार परमादेशबाट आए पनि आगामी चुनावको जनादेशबाट पुनर्स्थापना गरिने बताएका छन्।

उपाध्यक्ष पौडेलले देशको विकासका लागि एमाले सरकारको विकल्प नभएको बताए। ‘एमालेबाहेक अरू पार्टीको सरकार बन्दा यो जिल्लामा लाखका, करोडका आयोजना आएका

होलान्, तर अर्बका आएका छन्, छैनन्ु, उनले भने, ुतर, जब एमाले सरकारमा आउँछ, लाख करोड होइन अर्बौँका आयोजना आउँछन्।’

पौडेलले अध्यक्ष ओली प्रधानमन्त्री बन्दा चैनपुर-ताक्लाकोट सडकलाई मात्रै एक अर्ब ४० करोड रुपैयाँ बजेट छुट्टयाइएको स्मरण गरे।‘एउटै सडकलाई एक अर्ब ४० करोड बजेट

छुट्याउन एमालेको सरकारले मात्रै सक्छ। त्यसैले देश विकासका लागि एमालेको सरकार चाहिएको छ,’ उपाध्यक्ष पौडेलले भने।

अहिले चैनपुर-ताक्लाकोट सडक अवरुद्ध भएको भन्दै उनले एमाले सरकार आएपछि यसलाई निर्माण थालिने बताए।उनले अब कुनै गठबन्धनले एमालेको विजय यात्रा रोक्न नसक्ने

बताए। ‘एमालेका अगाडि कुनै पनि गठबन्धन टिक्न सक्ने छैन,’ पौडेलले भने, उनीहरूलाई सोध्नुस्, एक्लै चुनाव लड्ने हिम्मत छरु उनीहरू भन्ने छन्-छैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय