शनिबार , बैसाख २२, २०८१

भिडियो हेर्न यहाँ माथी थिच्नुहोस्?️?️?️

प्रधानमन्त्री तथा काँग्रेस सभापति पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र सबै पदाधिकारीलाई समान अवसर नदिएको गुनासो बढ्न थालेको छ ।

१४ औं महाधिवेशनबाट पुनः सभापति बनेका देउवाले उपसभापति र महामन्त्रीमा विभेद गरेको कतिपय नेताहरु बताउँछन् ।

उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापालाई एकपछि अर्को जिम्मेवारी दिएका देउवाले उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश

शर्मालाई भने बाइपास गरेको असन्तुष्ट नेताहरुको भनाइ छ । सभापति देउवाका दाहिने हात मानिने खड्काप्रतिको झुकाव स्वभाविकै भए पनि महामन्त्री

थापालाई स्पेस दिन उनले कुनै कञ्जुस्याइँ गरेका छैनन् । तर, पहिलो कार्यकालमा प्रवक्ता बनाएर किचेन क्याविनेटमा राखेका विश्वप्रकाश

शर्मालाई भने महामन्त्री बनेपछि देउवाले बाइपास गरेको काँग्रेस नेताहरु बताउँछन् । काँग्रेसमा दुई महामन्त्रीको अभ्यास

नेपाली काँग्रेसमा ०६४ देखि दुईजना महामन्त्रीको अभ्यास सुरु भएको हो । काँग्रेस र काँग्रेस प्रजातान्त्रिकबीच एकीकरण हुँदा दुई महामन्त्रीको व्यवस्था लागू भएको हो,

त्यो अहिलेसम्म जारी छ । पार्टी एकता हुँदा नेपाली काँग्रेसबाट कुलबहादुर गुरुङ र काँग्रेस प्रजातान्त्रिकबाट विमलेन्द्र निधि महामन्त्री भएका थिए ।

त्यसपछि काँग्रेसमा विधानमै व्यवस्था गरेर एकजना निर्वाचित र अर्को मनोनित गरी दुई महामन्त्रीको व्यवस्था भयो । १२ औं महाधिवेशनबाट

प्रकाशमान सिंह पहिलो निर्वाचित महामन्त्री बनेका थिए । तत्कालीन सभापति सुशील कोइरालाले कृष्णप्रसाद सिटौलालाई मनोनित महामन्त्री बनाए ।

यस्तै १३ औं महाधिवेशनबाट शशांक कोइरालालाई निर्वाचित महामन्त्री बन्ने अवसर मिल्यो भने पूर्णबहादुर खड्कालाई सभापति देउवाले महामन्त्रीमा मनोनित गरे ।

१२ औं र १३ औं दुबै अवधिमा पार्टीभित्र निर्वाचित महामन्त्री प्रकाशमान र शशांक भन्दा मनोनित महामन्त्री सिटौला र खड्का हाबी भए ।

सभापतिको रोजाइका महामन्त्री भएकाले निर्वाचितलाई भन्दा मनोनितलाई जिम्मेवारी पनि बढी प्राप्त हुन्थ्यो । पार्टी विधानमा दुईजना

महामन्त्रीको छुट्टाछुट्टै कार्य विभाजन नहुँदा मनोनित महामन्त्री बढी भूमिका पाएको देखिन्थ्यो । पार्टी विधानको धारा २७ मा महामन्त्रीका १२ वटा काम, कर्तव्य र अधिकार उल्लेख

गरिएको छ । दुई जना महामन्त्रीमा कसले के काम गर्ने भन्ने उल्लेख छैन। तर, १४ औं महाधिवेशनसम्म आइपुग्दा काँग्रेसमा दुवैजना महामन्त्री निर्वाचन

प्रक्रियाबाटै आउने व्यवस्था गरियो । यो महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा लोकप्रिय मतका साथ विजयी भए । उनीहरुसँग सभापति शेरबहादुर देउवाका महामन्त्रीका

उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल दुबै पराजित भए । दोस्रो पटक सभापति बनेका देउवासँग डा. शेखर कोइराला प्यानलका थापा र प्रकाशमान सिंह समूहका

शर्माको भावी सहकार्यलाई चासोका साथ हेरिँदै आएको छ । देउवाले आफ्ना कटू आलोचक थापा र विद्रोही शर्मामध्ये कसलाई बढी च्याप्छन् भन्ने चासो यथावतै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय