शुक्रबार , बैसाख २१, २०८१

काठमाडाैँ ।

सत्ता साझेदार दल जनता समाजवादी पार्टी [जसपा] का केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित

४ सय जना नेता/कार्यकर्ता नेकपा [एमाले] प्रवेश गरेका छन् । एमाले प्रवेश गरेकाहरूमा जसपाका ९ जना केन्द्रीय सदस्य छन् । यस्तै प्रदेश पदाधिकारी तथा सदस्य १३ जना,

जिल्ला सदस्य १२ जना, भ्रातृ संगठनका अध्यक्ष ३ जना र अरु पार्टी सदस्यसहित ४ सयजना एमालेमा प्रवेश गरेकाे एमाले नेता विष्णु रिजालले बताएका छन् ।

सुवेदी र नेपालीसहित संविधान सभा सदस्य थिए ।  उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रमबीच पोखरामा मंगलबार स्वागत गरेका छन् ।

कशिम अलि सिद्धिकी, जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, केन्द्रीय सदस्य विष्णुजंग बस्नेत,

मनकुमारी बुढा, राजन कार्की, पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा र पर्वत जिल्ला अध्यक्ष नवीन पुन एमाले प्रवेश गरेका छन् ।

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्री कांग्रेस प्रवेश सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेस प्रवेश गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले क्षेत्रीलाई पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएका छन् । क्षेत्री एमालेले उम्मेदवारको रुपमा बलेफी

गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीको नवौँ अधिवेशनमा क्षेत्री एमाले जिल्ला कमिटी अध्यक्षको उम्मेदवार बनेका थिए ।

तर, एमालेले सहमतिमा जिल्ला कमिटी चयन गर्ने भनेपछि क्षेत्री अध्यक्ष बन्नबाट वञ्चित भएका थिए । जिल्ला कमिटी सदस्य चयन गर्ने बेलामा आफूसँग अध्यक्ष

मण्डलले परामर्श नगरेको, प्रदेश सांसद एवं एमालेका नेता शरेश नेपालले दुव्र्यवहार गरेको लगायतका कारण देखाउँदै क्षेत्रीले एमाले परित्याग गरेको घोषणा गरेका थिए ।

विद्यार्थी राजनीतिदेखि एमालेमा रहेर राजनीतिमा सक्रिय क्षेत्री मंगलवार कांग्रेस प्रवेश गरेका हुन् । सिन्धुपाल्चोकमा क्षेत्री र कांग्रेसका केन्द्रीय

सदस्य मोहनबहादुर बस्नेतबीच दुश्मनीपूर्ण सम्बन्ध थियो । तर, उनै बस्नेतले क्षेत्रीलाई कांग्रेस प्रवेश गराउने भूमिका निर्वाह गरेका हुन् ।

यस्तै उनीसँगै उनका भाइ कृष्ण क्षेत्रीलगायत पनि कांग्रेस प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय