शुक्रबार , बैसाख २१, २०८१

काठमाडौं:

नेकपा माओवादी केन्द्रमा आज एकै दिन दुई पार्टी प्रवेश गर्ने भएका छन्। आज त्रिपुरेश्वरमा आयोजित एक समारोहबीच दुई पार्टी प्रवेश गर्न लागेको प्रवक्ता

कृष्णबहादुर महराले बताए। उनका अनुसार नेकपा (मसाल) बाट टुक्रिएर बनेको मसाल (सम्पर्क केन्द्र) र प्रवास चलाउनेसहितको नेपाल कम्युनिस्ट पार्टी

माओवादीमा प्रवेश गर्न लागेका हुन्। मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो।

त्यस्तै, बिहान १० बजेदेखि जारी स्थायी कमिटी बैठक ३ बजेसम्मको लागि स्थगित भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

लामो समय लागेर तयार पारेको दस्तावेज प्रस्तुत गरेका छन्। उक्त दस्तावेजबारे ३ बजे बस्ने स्थायी कमिटी बैठकमा छलफल हुनेछ।

मोहन वैद्यलाई प्रचण्डले दिए यस्तो वचन: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी अनुदान सहयोग सम्बन्धी

सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार बिहान नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य

‘किरण’ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार गएका थिए । करिब आधा घण्टा भएको भेटमा मुख्यत एमसीसीकै विषयमा छलफल भएको महासचिव वैद्यले जानकारी दिए ।‘

मैले एमसीसीमा के सोच्नुभएको छ ? पास गर्न हुन्न है भनेँ । उहाँले कुनै हालतमा पास गर्दैनौं भन्नुभयो’ भेटबारे महासचिव वैद्यले भने ।

भेटमा महासचिव बैद्यले एमसीसी विरोधी पदर्शनका क्रममा पक्राउ परेका नेता कार्यकर्ता छुटाउने पहलका लागि आग्रह गरेका छन् ।

साथै राजनीतिक सहकार्यका विषयमा समेत छलफल भएको महासचिव वैद्यले जानकारी दिए । प्रचण्डलाई भेट्न वैद्य एक्लै खुमलटार गएका थिए ।

एमसीसीबारे यही फागुन १२ गते संसद्मा छलफल हुँदैछ। त्यो भन्दा अघि नेपालको राजनीति ध्रुविकृत भैरहेको छ। यसअघि नेकपाका महासचिव नेत्रविक्रम चन्द

विप्लवले पनि एमसीसीको विरोधमा प्रचण्डसँग सहकार्य गर्ने घोषणा गरिसकेका छन् । त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको

विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिएका थिए । नेकपा (क्रान्तिकारी माओवादी) बसन्त बोगटी,

सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ । एमाले महाधिवेशनको तडकभडक निभ्न लागेको बत्ती जस्तो:

काठमाडौ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ समाजवादी शक्ती बनाउनुपर्ने बताएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले जसपा, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर त्यस्तो शक्ति बन्न सक्ने बताएका हुन्। जसपा रुपन्देही क्षेत्र नम्बर २ ले

आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले कांग्रेस र एमालेबाट अब मुलुक परिवर्तन नहुने पनि दाबी गरे। ‘उदार लोकतन्त्रवादीको एउटा धारको

रुपमा कांग्रेस रहिरहन्छ। जतिपटक सरकारमा गए पनि त्यसबाट मुलुक रुपान्तरण हुन सक्दैन,’ उनले भने ‘केपी ओलीको एमाले चरम यथास्थितिवादी र

प्रतिगमनको नेतृत्व गर्ने शक्तिका रुपमा रुपान्तरण हुँदै गएको छ।’ भटराईले राष्ट्रवाद र ‘कम्युनिजमको कक्टेल’बाट नव फाँसीवादीका रुपमा एमाले पतन हुँदै गइरहेको तर्क गरे।

एमाले अग्रगमनको बाधक नै भएकाले बाँकी कम्युनिष्ट शक्ति मिलेर अघि बढ्नुपर्ने उनले बताए। ‘अहिले एकैपटक ध्रुवीकरण भएर पार्टी त नबन्ला,

तर पनि प्रतिगमनको विरोधमा सहकार्य, आगामी नयाँ एजेण्डाका लागि र अन्तत एउटा नयाँ प्रकारको समाजवादी शक्ती निर्माण गर्ने दिशामा जानुपर्छ,’

भट्टराईले भने।उनले एमाले महाधिवेशनमा देखिएको महाधिवेशनको तडकभडक निभ्न लागेको बत्ती जस्तो भएको पनि टिप्पणी गरेका छन्।

नेकपा (एकीकृत समाजवादी) र नेकपा(माले)को कार्यसमितिबीच एकीकरण खोटाङ । खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच

पार्टी एकीकरण भएको छ ।एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गरेका हुन्।

कात्तिक २५ गते खोटाङका पुराना वामपन्थी नेता एवं पूर्वसांसद कुलप्रसाद शर्मा फुँयाल, पोलिटब्यूरो सदस्य एवं प्रदेश सचिवालय सदस्यलगायत

चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि बिहीबार औपचारिकरूपमा दुई पार्टीबीच एकीकरण भएको विज्ञप्तिमा जनाइएको छ ।

फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शङ्कर पोखरेलले एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र मालेका वार्ता टोली संयोजक फुँयालबीच गत कात्तिक २५ गते मालेको २५

सदस्यीय जिल्ला कार्यसमिति एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाडेका पूर्वसांसद फुँयाल एकीकृत समाजवादीमा

केन्द्रीय सदस्यको जिम्मेवारीमा ररहेको जिल्ला सचिव राजन आचार्यले बताए।यसैबीच, एकीकृत समाजवादीले जिल्लाका १० वटै स्थानीय तहमा

सङ्गठन विस्तार तथा पार्टी कार्यालय स्थापना अभियान सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म चार स्थानीय तहमा

सङ्गठन विस्तार तथा कार्यालय स्थापनाको काम सकिएको एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बबि चाम्लिङले जानकारी दिए।

एकीकृत समाजवादीले जन्तेढुङ्गा, बराहपोखरी र केपिलासगढी गाउँपालिका तथा हलेसी तुवाचुङ नगरपालिकामा आफ्नो सङ्गठन विस्तार एवं कार्यालय स्थापनाको काम सम्पन्न गरेको छ ।

सङ्गठन विस्तार तथा कार्यालय स्थापनाका लागि जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य चाम्लिङ, सहइन्चार्ज वीरबल काजी राई, प्रदेश समिति सदस्य उदय बहादुर कार्की लगायत नेता भूगोलमा खटिएका छन् ।

नेकपा र माओवादी एकता वार्ता : नारायणकाजीको निवास पुगे विप्लव: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

नारायणकाजी भेट्न विप्लव आइतबार विहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेट गरेका विप्लवले आज नारायणकाजीलाई भेटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय