काठमाडौं ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा विघटन गरेर अर्ली इलेक्सनमा जाने तयारी गरेका छन ।

आफूनिकट नेता तथा कानून व्यवसायीसँग बालुवाटारमा देउवाले प्रतिनिधि सभा विघटनबारे कानूनी परामर्श थालेका हुन् । आज एमसीसी संसदमा टेबल

हुन नसकेपछि देउवाले आफूनिकट नेता तथा कानून व्यवसायीलाई बोलाएर विकल्पमा संसद विघटन गर्न सकिने या नसकिनेबारे छलफल थालेका छन् ।

एमसीसीमा सत्तारूढ दलकै नेताहरूले साथ नदिएकोमा देउवा रुष्ट छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटे टुटोस तर एमसीसी

संसदमा टेबल गर्न सकिन्न भनेपछि देउवा अप्ठेरोमा परेका हुन् । देउवासमक्ष प्रतिनिधि सभाको विघटन मात्रै विकल्प रहेको कांग्रेसका एक नेताले हिमालपोस्टलाई बताए ।

”यसो गर्दा नि हुन्न, उसो गर्दा नि हुन्न,’ ती नेताले भने, ‘सत्तारूढ गठबन्धनबाट साथ नपाउने र प्रतिपक्षी ओलीले पनि एमसीसीलाई राजनीतिक हिसाबले उपयोग गर्ने रणनीति लिएपछि विघटनको विकल्पमा छलफल गर्न बाध्य हुनुपरेको हो ।’

सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउन देउवा तयार भए एमसीसी टेबल गर्न आफूले सहज गरिदिने प्रतिबद्धता प्रचण्डले गरेका थिए ।

तर अन्तिम अवस्थामा प्रचण्डले आफ्ना नेता तथा कार्यकर्तालाई सडकमा एमसीसीविरुद्ध उभिन लगाएर थप नयाँ शर्त सिर्जना गरेको देउवाको बुझाइ छ ।

देउवाले कुनैपनि बेला कठोर निर्णय लिने प्रधानमन्त्री शेरबहादुर देउवाले कठोर निर्णय लिने तयारी गरेको बुझिएको छ । बालुवाटार स्रोतका अनुसार

उनले एमसीसी पारित गर्न आवश्यक विकल्पमा जाने गरी तयारी गरेका छन् । नेपाली काँग्रेसले ३ फागुनमा संसदीय दलको बैठकबाट एमसीसी टेबल गर्ने

निर्णय गरिसक्दा माओवादीले अचानक दबाब दिएर रोक्न लगाएपछि देउवा रुष्ट भएका छन् । उनले प्रचण्डको आग्रहमा एमसीसी आजै टेबल नगर्ने सहमति गरेका छन् ।

तर, ५ फागुनको ३ बजे गठबन्धनको बैठक डाकी निर्णय लिने भएका छन् । देउवाले गठबन्धनका दलको औपचारिक धारणा प्रष्ट सुन्ने र त्यसपछि निर्णयको तयारी गरेका हुन् ।

माओवादी केन्द्र र नेकपा एस एमसीसीको विपक्षमा उभिएर टेबल गर्न रोक्न लागेपछि देउवा सतर्क भएका छन् । अब उनले विकल्पहरुमा जानेबारे छलफल चलाइसकेको बुझिएको छ ।

भोलि अन्तिमपटक एमसीसीमा सहमतिको प्रयास गर्ने र गठबन्धनका दलहरु तयार नभए विकल्पमा जाने गरी निर्णय लिने तयारीमा देउवा रहेको बुझिएको छ ।

देउवा अब लचिलो नहुने निर्णयमा पुगिसकेको बुझिएको छ । उनले कुनैपनि बेला कठोर निर्णयहरु लिने तयारी गरेका छन् । विश्वस्त स्रोतका अनुसार देउवाले एमाले अध्यक्ष केपी शर्मा

ओलीसँग एमसीसीबारे भद्र सहमति गर्ने सम्भावना बढेको छ । त्यस्तो अवस्थामा सभामुख अग्निप्रसाद सापकोटा तारोमा पर्न सक्छन् ।

महाभियोगको तारोमा अन्य न्यायाधीश पर्ने या प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अदालतमा फर्कनसक्ने वातावरण विकास हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय