काठमाडौँ –

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को पक्षमा उभिएका काँग्रेसका चार जना सांसदले भने मतदानमा सहभागी नहुन नपाउने भएका छन् ।

एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेका काँग्रेसका चार जना सांसद् मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका हुन् ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि निलम्बनमा परेका सांसद विजयकुमार गच्छदार मतदान प्रक्रियामा सहभागी हुन नपाउने भएका छन् ।

यस्तै, व्यक्ति ह”त्या आरोपमा जेल जीवन बिताइरहेका निलम्बित काँग्रेस सांसद अफ्ताव आलम पनि एमसीसीको पक्ष वा विपक्षमा मतदान गर्न नपाउने भएका छन् ।

साथै उपचारका लागि भारतमा रहेका काँग्रेस सांसद प्रदीप गिरि र कर्मा घले पनि एमसीसीको पक्षमा मत हाल्न नपाउने भएका छन् । दुवै जना भारतमा रहेका छन् ।

काँग्रेसको जस्तै लोसपाका निलम्बित सांसद रेशम चौधरी र जसपाका निलम्बित सांसद हरिनारायण रौनियारले पनि पक्षमा मतदान गर्न पाउँदैनन् । उनीहरू निलम्बनमा परेकाले संसदीय गतिविधिमा सहभागी हुन पाउँदैनन् ।

काँग्रेस र जसपाको ह्वीपले तरंग, के होला ? नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले एमसीसीको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएका छन् । आज दुवै दलले ह्वीप

नै जारी गरेपछि राजनीतिकवृत्तमा विभिन्न आँकलनहरु गर्न थालिएको छ । काँग्रेस र लोसपा मिल्दा पनि प्रतिनिधि सभामा बहुमत पुग्दैन । काँग्रेसको ६१ र लोसपाको १३ सांसद मतदानका लागि योग्य छन् । दुवैको जोड्दा ७४ हुन्छ ।

एमसीसीबारे १२ फागुनबाट प्रतिनिधि सभाका छलफल बढाइने तयारी भएको छ । तर, आज नै काँग्रेस र लोसपाले ह्वीप जारी गरेपछि कुनै राजनीतिक घटनाको सम्भावना औल्याइएको छ ।

काँग्रेस एमसीसी पास गर्न अगाडि बढिसकेको छ । उसले सकभर गठन्धन जोगाएर नभए एमालेसँग मिलेर पनि एमसीसी पास गर्ने रणनीति बनाएको छ ।-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय