शुक्रबार , बैसाख २१, २०८१

काठमाडौँ –।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फकाउन एमाले अध्यक्ष केपी शर्मा ओली आफ्ना दूतहरुलाई प्रचण्ड निवास खुमल्टार पठाएका छन् । ओलीले चुनावी गठबन्धन र तालमेलका लागि दूतहरुलाई प्रचण्ड कहाँ पठाएका हुन् ।

सत्तारूढ गठबन्धनलाई चुनावी तालमेलसम्म पुर्याउने भन्दै गत असारमा कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, त्यसपछि एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राजमोको गठबन्धन सरकार बनेको थियो ।

यो गठबन्धन भत्काउन ओलीले प्रचण्डलाई विशेष अफरसहितको प्रस्ताव पठाउका छन् । हाल कायम रहेको सत्तारूढ गठबन्धनलाई चुनावसम्मै लैजान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र

न्य शीर्ष नेताहरूले पहल गरिरहेका बेलामा ओलीले गठबन्धनबाट बाहिरिए ४० प्रतिशत सिट दिने बताउँदै दूत पठाएका छन् । चुनावी गठबन्धनका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति

शेरबहादुर देउवा तयार भएपनि कांग्रेसकै शेखर कोइरालालगायतका अन्य नेताहरू भने चुनाव एक्लाएक्लै लड्ने बताइरहेका छन् । यसै क्रममा २०७४ सालको निर्वाचनमा जस्तै चुनावी

तालमेल गर्न सकिने विषय एमाले र माओवादीमा प्रवेश भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई आफ्ना दूतहरूमार्फत तालमेलका लागि आग्रह गर्ने गरेको स्रोतको दाबी छ ।

प्रचण्डनिवास खुमलटारमा दिनहुँजसो एमालेका नेताहरू पुग्ने गरेको खुमलटार स्रोतको दाबी छ । ‘२०७४ सालमा जस्तै ६०÷४० को अनुपातमा तालमेल गर्ने प्रस्ताव एमाले अध्यक्ष ओलीले पठाइरहनु भएको छ,’ खुमलटार स्रोतले भन्यो ।

तत्कालीन नेकपामै रहँदा ओली र प्रचण्डबीच दूरी बढेको थियो । सर्वोच्च अदालतले नेकपा विभाजन गरेर एमाले र माओवादी ब्युँत्याएपछि दुई नेताबीच पानी बाराबारको स्थिति थियो ।

तर पछिल्लो समय दुवै नेताले दूतमार्फत कुराकानीलाई अघि बढाएका छन् । एक साताअघि एमालेका नेता महेश बस्नेतले ओलीनिवास बालकोटमा प्रचण्डनिकट नेताहरू आएर छलफल गर्ने गरेको खुलासा गरेका थिए ।

बालकोट र खुमलटारमा दुवै नेताका दूतहरू पुगेर गठबन्धन बनाउनेबारे छलफल चलिरहेको छ । एमसीसीलाई लिएर गठबन्धनमा देखिएको खटपटपछि प्रचण्डले गठबन्धन छाड्ने चेतावनी दिइसकेका छन् ।

देउवाले पनि ओलीसँग आफ्नो हिसाबले कुराकानी अघि बढाएका छन् । ‘चुनावमा सत्ता गठबन्धन नरहन पनि सक्छ,’ कांग्रेसका एक नेताले भने, ‘हामीलाई फाइदा हुँदैन भने एमाले हराएर हामीले के पाउँछौं ? कांग्रेस एक्लै चुनाव लड्न सक्षम छ ।’

बिहीवार सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीच आकस्मिक छलफल हुँदैछ । चुनावअघि एमसीसी संसदमा टेबल हुनै नसक्ने अडान राखेका प्रचण्डले गठबन्धन छोड्न सकिने ब्रिफिङ पार्टीको आन्तरिक बैठकमा गरेका थिए ।

आजको शीर्ष नेताहरूको बैठक गठबन्धन जोगाउने अन्तिम प्रयास रहेको माओवादी केन्द्रका एक नेताले बताए  source: motivatenews

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय