शनिबार , बैसाख २२, २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विपक्षमा जाँदा गठबन्धन र सरकार छोड्न परे पनि तयार रहेको स्पष्ट पारेका छन् ।

प्राइम टाइम्स एचडीको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अनुमोदन प्रक्रियामा लगे गठबन्धन र सरकार दुवैबाट बाहिरिने घोषणा गरेका हुन् ।

एमसीसीको विपक्षमा जनमत भएका बेला अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई छ । अध्यक्ष दाहालले एमसीसी संसदमा टेबल गर्नबाट सभामुख अग्नि सापकोटाले नरोकेको पनि स्पष्ट पारेका छन् ।

सरकारकै कारण संसद स्थगित भएको भन्दै दाहालले सभामुखमाथि गलत आरोप लगाइएको बताए । पछिल्लो पटक त एमालेले पत्र नै लेखेर संसद बैठक स्थगित गर्न आग्रह गरेको पनि दाहालले स्मरण गराए ।

दाहालले अमेरिकालाई लक्षित गर्दै अहिले एमसीसी पारित गर्ने बेला नभएको बताए । निर्वाचनको मिति घोषणा भएका बेला एमसीसी अनुमोदन प्रक्रियामा लैजान नहुने दाहालको भनाई ।

नेपालको लोकतन्त्र बलियो बनाउन पनि अमेरिकाले सहयोग गर्नुपर्ने भन्दै उनले पारित भयो भने नेपालमा संकट आउने बताए ।

अध्यक्ष दाहालले अझै पनि एमालेसँगको सहकार्य हुन सक्ने बताएका छन् । तत्काल सहकार्य नभए पनि समय परिस्थितीले फेरी पनि एमालेसँग एकता, सहकार्य र चुनावी गठबन्धन हुन सक्ने बताए ।

आवश्यक परे आफूले केपी ओलीसमक्ष सहकार्यको प्रस्ताव लैजाने दाहालले बताए । चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसलगायतका दलहरुसँग पनि तालमेल गर्ने दाहालको भनाई छ ।

कांग्रेसका केही नेताहरुले तालमेलको विरोध गरे पनि कांग्रेसको ९० प्रतिशत कार्यकर्ता तालमेलको पक्षमा रहेको दाहालको दावी छ । अन्तरवार्ताका क्रममा दाहालले समग्र अवस्थाको चिरफार गरेका छन् ।

वैदेशिक सम्बन्ध सबैसँग राम्रो हुनुपर्ने भन्दै उनले अमेरिकासँग पनि आफू सम्बन्ध विगार्न नचाहने स्पष्ट पारेका छन् । दाहालसँगको पूरा अन्तरवार्ता आज राति ९ बजे प्रशारण हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय