शुक्रबार , बैसाख २१, २०८१

काठमाडौं –

नेपालमा एमसीसीको विवाद पेचिलो बन्दै जाँदा अमेरिकाले निर्णायक पहल थालेको छ । यस अघि अनुरोध मात्रै गर्ने गरेको उसले अब नेपालमा प्रमुख राजनितिक दलका शिर्ष नेताहरुलाई धम्कीनै दिन थालेको छ ।

एमसीसीकै कारण सत्तागठबन्धनमा खटपट आएको समयमा अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादु देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई टेलिफोन गरेका छन् ।

लुले प्रधानमन्त्री देउवालाई एमसीसी बारे छिटो निर्णय गर्न भन्दै जवाफ मागेका थिए । जवाफमा देउवाले एमसीसी पास गराउँन आफ्नो दलमा एकमत रहेको र गठबन्धन दलमा पनि सहमतीको प्रयास भइरहेको बताएका थिए ।

लुले एमाले अध्यक्ष ओलीलाई पनी एमसीसी पास नगरे राम्रो नहुने चेतावनी दिएको बताइन्छ । आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेको भन्दै एमाले अध्यक्ष ओलीले पहिला सत्तागठबन्धनको निर्णय कुरिरहेको जवाफ दिएका छन् ।

सत्तापक्षको निर्णय पछि मात्रै एमालेले निर्णय गर्ने भन्दै ओलीले जवाफ फर्काएको बताइन्छ । लुले सबैभन्दा कडा सँग प्रचण्ड सँग कुराकानी गरेको बताइएको छ । केहि दिन अघि मात्रै एमसीसी पास गर्न

तयार छौँ भनेर अमेरिकालाई लेखेको गोप्य पत्र सार्वजनिक भए पछि दबावमा रहेका प्रचण्डलाई लुले टेलिफोन गरि एमसीसी पारित नभए राम्रो नहुने चेतावनी दिएका छन् । उनले एमसीसीमा कुनै पनि संशोधन पनि नहुने र समय पनि अब थप नहुने प्रष्ट पारेका छन् ।

लुले प्रचण्ड सँग ‘हुन्छ वा हुन्न’ भनेर स्पष्ट धारणा बनाउन भनेका छन्। माओवादीका एक नेताका अनुसार एमसीसीका बारेमा हुने नकारात्मक निर्णयमा चिनियाँ प्रभाव छ भन्ने आफूहरूले बुझ्ने पनि लुले प्रस्ट पारेका थिए ।

ती नेताका अनुसार लुको भनाइ थियो, ‘पहिलो, तपाईहरुले एस वा नोमा छिट्टै निर्णय गर्नुस् । दोस्रो, हामी संशोधन गर्दैनौं । तेस्रो, समय थप गर्दैनौं । चौथो, यसलाई लिनुभएन भने त्यो तपाईंहरूको कुरा हो, तर हामी यसलाई गम्भीरतापूर्वक लिन्छौं । पाँचौं, यो चीनको कारणले यस्तो भयो भन्ने ठान्छौं ।’

जवाफमा प्रचण्डले ले अरू कुनै देशबाट प्रभावित भएर निर्णय नगर्ने प्रस्ट पार्दै आफूहरू संशोधनको पक्षमा रहेको बताएका थिए । ‘एमसीसी सम्झौता हाम्रो र अमेरिकाबीचको सम्बन्ध हो । आ-आफ्ना केही दृष्टिकोण होलान् । तर हाम्रो निर्णय हामीले नै गर्ने हो,’ प्रचण्डको को भनाइ उद्धृत गर्दै ती नेताले भने,

‘हामी संशोधनको पक्षमा छौं। देश चुनावमा प्रवेश गरिसकेको हुँदा चुनावसम्म पर्खिदिए हुन्थ्यो भन्ने हाम्रो आग्रह छ । प्रचण्डले समय थपिदिन अनुरोध गरे पछि लुले अब समय पनि नथपिने, कुनै संशोधन पनि नहुने र नेपालको संसदले

पास नगरे चिनिँया हस्तक्षेपका कारण पास नभएको भनेर बुझ्ने चेतावनी दिएका छन् अमेरिका प्रत्यक्ष धम्कीमानै उत्रिए पछि विषय थप पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय