शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं –

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लेखेको पत्र

सार्वजनिक भएपछि दबाबमा परेका नेपाल कम्युनिस्ट पार्टी माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

यसै विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ ।

बैठक माघ २८ र २९ गते काठमाडौंको प्रज्ञा भवन कमलादीमा बस्दैछ । केन्द्रीय समिति बैठक पदाधिकारी चयनलगायतका विषयमा टुंगो लगाउन

बोलाइएको भए तापनि एमसीसी बैठकको मुख्य एजेन्डा बन्ने भएको छ ।

अध्यक्ष प्रचण्डले पार्टीभित्रका नेताहरूसँग यस विषयमा आन्तरिक छलफल अगाडि बढाउनुभएको छ । माओवादीभित्रै नारायणकाजी श्रेष्ठ,

देव गुरुङलगायतका नेताहरूले एमसीसीलाई प्रचण्डले लेखेको पत्रलाई लिएर चर्को आलोचना गर्दै आएका छन् ।

माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पत्रको विषयलाई लिएर प्रचण्डको आलोचना गर्नुको कुनै तुक नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘प्रचण्ड संशोधनबिना एमसीसी पारित गर्न नसकिने अडानमा स्पष्ट हुनुहुन्छ,

पार्टीभित्र एमसीसी अहिलेकै अवस्थामा पारित हुँदैन भन्नेमा कुनै भ्रम छैन ।’ एमसीसी सम्झौतालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले

संसद्बाट पारित गर्ने बुँदा घुसाएको उल्लेख गर्दै नेता गजुरेलले विवादित एमसीसी सम्झौता अहिलेकै अवस्थामा अगाडि बढ्न नसक्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो– ‘राजनीतिक दलहरूको बीचमा साझा धारणा बनाएर मात्र

अगाडि बढाउनुपर्छ भन्ने हाम्रो मत छ, सरकारले संसद्मा एमसीसी टेबुल गरे, हामी सरकार छोड्छौं ।’

यसअघि बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकले एमसीसी सम्झौतामा

उल्लेख गरिएका कतिपय बुँदाहरू संशोधन गरेर मात्र पारित गर्न सकिने निर्णय गरेको थियो ।

एमसीसी संसद्बाट पारित गर्नको लागि आइतबार प्रधानमन्त्री शेर बहादुर देउवाले प्रमुख

प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग वार्ता गर्नुभएको थियो ।

प्रधानमन्त्रीले एमालेसँग संवाद अगाडि बढाएर प्रचण्डमाथि एमसीसी पारित गर्न दबाब दिनुभएको छ ।

प्रचण्डको सचिवालयले भने संशोधनबिना अहिलेकै अवस्थामा कुनै पनि हालतमा एमसीसी पारित गर्न नसक्ने स्पष्ट पारेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पनि दलहरूबीच सहमति नजुट्दासम्म एमसीसी संसद्को कार्यसूचीमा नराख्ने प्रष्ट सन्देश दिइसक्नुभएको छ ।

सभामुखले दलहरूलाई संसद् सञ्चालन गराउन र एमसीसीको बारेमा सहमति कायम गरेर अगाडि बढ्न आग्रह गर्दै आउनुभएको छ ।

सरकारले अहिलेकै अवस्थामा संसद्मा एमसीसी टेबुल गरे पनि पारित गर्ने प्रक्रिया नै अगाडि नबढ्ने भएको छ ।

सभामुख सापकोटा पनि यस विषयमा आन्तरिक छलफलमा जुटनुभएको छ ।

प्रमुख प्रतिपक्ष दल एमालेको सभामुख नहटाएसम्म संसद् चल्न नदिने अडान र एमसीसी अहिलेकै

अवस्थामा अगाडि नबढाउने सभामुखको भनाइले प्रधानमन्त्री शेरबहादुर देउवा थप दबाबमा पर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय