काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलबीच गडबड भएपछि सत्ता गठबन्धन नै अफ्ठ्यारोमा परेको छ ।

फरक फरक समीकरण र तालमेलका विषय चर्चामा छन् ।

जसले गर्दा गठबन्धन नरहने र प्रमुख प्रतिपक्षसँग काँग्रेसको तालमेल हुने सम्भावनाबारे बहस सुरु भएका छन् ।

बिहिबार एकाएक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत

समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग गठबन्धनका लागि विशेष दूत बालकोट पठाएको चर्चा भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी जसरी पनि पारित गर्न गठबन्धनमा सहमति खोजेपछि

प्रचण्ड-माधव ओलीसँगको तालमेलमा अघि बढ्ने चर्चाले माहोल तताएका बेला

नेकपा एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालको अर्को भनाइ बाहिरीयो ।

देउवा एमसीसीमा अघि बढे एमालेसँग सहकार्य हुन्छ भनेको विषयले चर्चा पायो ।

जसले चर्चालाई झनै मलजल गर्न मात्रै मद्दत मिलेन प्रचण्ड-माधवहरु नै

मिलेर एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउन लागिपरेका हुन् भन्ने प्रश्न पनि उब्जीयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई तत्कालै संसद्मा लैजान सहमति खोजेपछि गठबन्धनमै

आवद्धमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले

वाम गठबन्धन गर्दै अघि बढ्ने अस्त्र फ्याँकेर देउवालाई तर्साइरहेका छन् ।

तर चर्चामा आए जस्तो ओलीसँग गठबन्धन गर्ने विषय नभइ वामघटकबीचको तालमेल हुने तयारी गरेको भन्दै नेताहरुले बचाउ गरेका छन् ।

ठिक यसैबेला प्रमुख प्रतिपक्षको भूमिकामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री देउवासँग सहकार्यको प्रस्ताव गरिरहेका छन् ।

देउवा पनि गठबन्धनमा गडबड भए एमालेसँग मिलेरै भएपनि एमसीसी पारित गर्ने दृढ संकल्प देखाइरहेका छन् ।

यसले एमाले प्रचण्ड-माधवसँग नभइ देउवासँग सहमतिका लागि तयार रहेको देखिन्छ ।

प्रधानमन्त्री देउवा आफैं एकपटक बालकोट पुगे भने निकट नेताहरुलाई पठाएर ओलीसँग लगातार संवाद बढाइरहेका छन् ।

तर सत्ता गठबन्धन कायम रहेसम्म एमसीसी अनुमोदनका लागि साथ नदिने एमालेको प्रस्ट अडान छ ।

त्यसबाहेक सभामुखलाई हटाउने विषय पनि एमालेको सर्त हो ।

एमालेको सर्तमा सहमत भए देउवा र ओलीबीच निकट भविष्यमै गठबन्धन भएर सत्ता सहकार्य हुनसक्छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरु यति सजिलै गठबन्धन नटुटे हुन्थ्यो भन्न चाहन्छन् ।

तर उनीहरुले बोकिरहेका मुद्दाले एक ठाउँमा उभिन दिएको छैन । यसैकारण हिजोआज उनीहरु भन्न थालेका छन् गठबन्धन भत्किए अरुसँग हुन्छ ।

आफ्नो अडानमा बलियो हुन एकअर्कालाई दबाबमा राख्ने खेल पनि चलिरहेकै छ ।

फलतः कहाँनेर कसले कोसँग तालमेल गर्छ अनुमान भन्दा बाहिरको विषय बन्न थालेको छ । यद्यपी यसको पटाक्षेप चाँडै हुने विश्लेषण भइरहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय