शुक्रबार , बैसाख १४, २०८१

Kathmandu, Nepal

प्रधानमन्त्री शेर बहादुर देउवाले सभामुख सापकोटाको प्रस्ताव ठाडै अस्वीकार गरेका छन् । सरकारले रिक्त रहेका देशमा राजदूत नियुक्तीको तयारी थालिरहेको छ । यसको लागि प्रधानमन्त्री

शेरबहादुर देउवाले सत्ता गठबन्धनमा आवद्ध पाँच दलका नेताहरुसँग भागबण्डाअनुसार राजदूतको लागि नाम दिन भनिसकेका छन् । यसअघि कांग्रेसले आफ्नो कोटाबाट भारत, बेलायत र अमेरिकाको लागि राजदूत नियुक्त गरिसकेको छ । सरकारले भारतमा डा।

शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई र अमेरिकाको लागि श्रीधर खत्रीलाई नियुक्त गरिसकेको छ । उनीहरुको संसदीय सुनुवाई पनि सम्पन्न भैसकेको छ । पाँच दलीय भागबण्डाअनुसार चीनको राजदूत भने नेकपा ९माओवादी केन्द्र० को कोटामा परेको छ ।

माओवादीले चीनको लागि नेपाली राजदूतमा कसलाई पठाउने भनेर आन्तरिक तयारी गरिसकेको छैन् । तर, सभामुख अग्निप्रसाद सापकोटाले भने आफ्नो छोरा रुपक सापकोटालाई चीनको राजदूत बनाउनको

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमार्फत लविईङ गरिरहेका छन् । चीनको रेनमिन् विश्वविद्यालयबाट भूराजनीतिक विषयमा विद्यावारिधी गरेका रुपकले यसपटक चीनको राजदूत बनाउनको लागि भित्रभित्रै लविङ् गरेका छन् ।

सापकोटाले गत कार्तिक ७ गते परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकबाट राजीनामा गरेका छन् । पछिल्लो समय सभामुख सापकोटा एमसीसीको कारण चर्चामा छन् ।

उनले आफू मर्न तयार रहेको तर एमसीसी अघि नबढाउने भनेर भनिरहेका छन् । एमसीसीको विषयमा सभामुख सापकोटा सकारात्मक नभएपछि प्रधानमन्त्री देउवाले पनि छोरालाई राजदूत नबनाउने अडान लिएका छन् ।

राजदूत नियुक्तीको विषयमा प्रचण्डले रुपकको नाम चीनको लागि प्रस्ताव गर्दा देउवा सकारात्मक नसुनिएको माओवादी केन्द्रका नेताहरुको दाबी छ ।

source: mediatodaynews.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय