काठमाडौँ —

एमसीसीका विषयमा बढ्दो टकरावले सत्ता गठबन्धनमा संकट देखा परेको छ ।

यता प्रमुख प्रतिपक्षी एमाललेले यसैलाई दाँउपेचको विषय बनाएपछि अवको सम्भावित राजनीतिक समीकरणले चर्चा पाएको छ ।

ओली देउवा मिलनको चर्चा चलिरहँदा पुन वामपन्थीहरु एक हुने सम्भावनामा कति छ त ?

प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा पनि एमसीसी पास

गर्ने दिसामा अघि बढेपछि सत्ता गठबन्धनमा टकराव बढ्दै गएको छ ।

एमसीसीका विषयमा गठबन्धनमा कोहि बाधक भए नयाँ समिकरण बन्ने कांग्रेस नेताहरुको

अभिव्यक्तिका बीच एमसीसी टेवुल भएकै दिन गठबन्धन छाड्ने माओवादी केन्द्रले चेतावनी दिने गरेको छ ।

तर एमालेले भने यसैलाई आफ्नो दाँउपेचको विषय बनाएको छ ।

गठबन्धन विभाजित भए सभामुख हटाए एमसीसी पास गर्न सहयोग गर्ने र संसदको

अवरोध हटाउने प्रस्ताव नै गरेको एमालेले स्थानीय तहको निर्वाचनको विषयमा समेत गठबन्धनलाई भिडाउन खोजिरहेको छ ।

देउवामा देखिएको अहिलेकोे उल्झन र पहिलेबाटै एमसीसीको पक्षमा एमाले रहनुले पनि यसलाई पुष्टि गरेको छ ।

यहि डरको खेतीमा सत्ता घटककै असहमतीका बावजुद पनि देउवाले स्थानीय

तहको निर्वाचनबारे निर्णय गराएको भएपनि एमसीसीमा भने अघि बढ्न सकेका छैनन् ।

जसमा वामपन्थी पुन एक हुनसक्ने डरलाई मुख्य कारण भएको विश्लेषण गरिएको छ ।

अर्थात अप्राकृतिक सिद्धान्तमा आधारित अहिले गठबन्धन कुनै वेला फुट्ने र

नयाँ बन्ने समिरणमा ओली–प्रचण्ड एक हुनसक्ने कुरालाई कम आक्न नहुने डर देउवामा देखिएको हो ।

यहि डरमा एमालेले समेत खेलिरहेको छ । फलत ः केहि नेताहरुले कांग्रेसंग भन्दा वामपन्थी नै एक हुनु सिद्धान्ततः

सहज हुने बताए पनि केही नेताहरु भने तत्कालन यो सम्भव नभएको बताउछन् ।

२०७४ मा कांग्रेस पराजित हुनुको पछाडि वाम गठबन्धन मुख्य कारण थियो ।

त्यति बेला पनि प्रधानमन्त्री देउवा नै थिए र सत्ताको मुख्य हिस्सेदार माओवादी थियो ।

तर सरकारमा छँदै माओवादीले निर्वाचनमा एमालेसँग गठबन्धन गरेको थियो ।

यहि उदाहरण देखाँउदै राजनीतिमा कोहि पनि स्थायी शत्रु वा मित्र नहुने केहि एमाले नेताहरुको भनाई छ ।

राजनीतिक विश्लेषकहरु भने एमालेभित्रकै यो दोहोरो चरित्र ओलीकै रणनिती भएको बताउछन ।

अर्थात सकेसम्म प्रचण्ड–नेपाललाई नै किनारा लगाउने दाउमा ओली रहेकोले तत्काल वामपन्थी गठबन्धन सम्भव नभएको उनीहरुको भनाई छ ।

यदि देउवाले साथ नदिए नेपाललाई मात्र पाखा लगाउन भएपनि ओलीले

प्रचण्डलाई साथ लिएर अघि बढ्ने सम्भावनालाई नकार्न नसकिने उनीहरुको भनाई छ ।

पछिल्लो परिस्थीलाई माओवादी नेताहरुको चुनौतीको भाषा र नेपालको निरिहताले समेत प्रष्ट पारेको छ ।

भोलीका दिनमा बाम गठबन्धन भए आफू नसमेटिने बुझेका नेपालले यहि गठबन्धलाई दिगो बनाउने बताईरहेका छन

भने माओवादी नेताहरुले एमसीसी संसदमा टेवल हुने अघिल्लै दिन गठबन्धन छाड्ने चेतावनी दिएका छन ।

तर जुन पार्टीले पनि आफ्नो स्वार्थका लागि एक अर्कालाई प्रयोग गर्ने डरमा

रहेका कांग्रेस–माओवादी–एमालेले वारपारको स्थिती बनाएर अघि बढ्न भने सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय