काठमाडौं।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी

चुनावको लागि सधैं तयारी अवस्थामा रहेको स्पष्ट पारेका छन् ।

उनले हिम्मत र तागत भए पाँच दलीय गठबन्धनलाई एक्लाक्लै चुनावमा आउन पनि चूनौति दिएका छन् ।

उनले आफूहरु चुनावको पक्षमा रहेको सुनाउँदै निर्वाचनमा नभाग्न गठबन्धन र सरकारलाई चेतावनी दिएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार

ऋषि धमलासँग कुरा गर्दै उनले एमालेलाई सिध्याउँछौं भन्नेहरुलाई मिलेर नै चुनाव लड्न पनि सल्लाह दिएका छन् ।

पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाललाई कांग्रेसमा प्रवेश गर्न पनि आग्रह गरेका छन् ।

उनले भने,‘उहाँहरु कांग्रेसभित्र प्रवेश गरेर एउटै पार्टी बनाएर चुनाव लडेपनि हुन्छ, हामीलाई यो कुरा मञ्जुर छ ।

होईन, अलिकति लाज बचाउनुपर्छ भन्ने लाग्छ भने गठबन्धनमा जानुहोस ।’

भीम रावलको पीएचडी नक्कली : बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डाक्टर भीम रावलको पीएचडी नक्कली हो कि भनेर आशंका गरेका छन्।

गएराति सामाजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता

भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पीएचडीको संज्ञा दिए।

‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा पनि झुन्ड्याउँछन्,

विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ’, डा भट्टराईले लेखेका छन्।

उनले दाबी गरेजस्तो बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले,

कहाँ, कसरी खुलाउनु पर्दैन? कि यी नक्कली पीएचडी हुन्?’

भट्टराईले आफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई चुनौती दिए।

एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृति पत्रमा भनिएको छ,

‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो।

वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा भट्टराईले त्यसको स्रोत,

मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिएका हुन्।

फेरि ‘फुटको डिल’मा जसपा, बाबुराम र अशोक मिल्दा उपेन्द्र एक्लै

जनता समाजवादी पार्टी (जसपा)भित्र नेतृत्वलाई लिएर पुन: विवाद शुरु भएको छ ।

बाबुराम भट्टराईले अध्यक्ष मागेपछि महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै जसपामा पुनः विवाद सुरु भएको हो ।

उपेन्द्र यादवका कारण पछिल्लो समय जसपामा चरम असन्तुष्टि बढेको छ ।

यसको प्रमुख कारण हो- एकलौटी निर्णय लिनु र पार्टीलाई जातिय घेराभित्रमात्रै राख्नु ।

महन्थ ठाकुरले पार्टी विभाजन गरेर गएपछि जसपामा एक अध्यक्ष पद खाली छ ।

उक्त खाली रहेको अध्यक्ष पदमा बाबुराम भट्टराईलाई मनोनय गर्नुपर्ने भन्दै भट्टराई र अशाेक राई पक्षले आवाज उठाएको छ ।

तर यादवले भने महन्थले पार्टी विभाजन गरेर गएपछि उक्त पदको ‘च्याप्टर क्लोज’ भएको बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय