काठमाडौं:.

गौर हत्याकाण्ड दोहोर्याउने र सीके राउतसहित उनको पार्टीका कार्यकर्ताको

निर्मम हत्या गर्ने सार्वजनिक अभिव्यक्ति दिएको भन्दै चौतर्फी रेणु यादवलाई

मन्त्रीबाट हटाउन आवाज उठिरहेका बेला प्रधानमन्त्री देउवाले बर्खास्त गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई

रेणु यादवलाई राजीनामा गराउन वा फिर्ता बोलाउन भनिसकेका छन् ।

रेणुलाई बर्खास्त गर्न आफूमाथि पार्टीभित्र र बाहिरबाट चौतर्फी ठूलो दबाब आइरहेको

भन्दै देउवाले आफूले जुनसुकै बेला एक्सन लिनसक्नेमा सचेत गराएका छन् ।

यस्तै उनलाई मन्त्री पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चौतर्फी दबाब परेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउत मात्र होइन, प्रमुख प्रतिपक्ष एमाले,

सत्तारुढ नेपाली कांग्रेसका नेता कार्यकर्ता तथा बौद्धिक वर्गले समेत रेणुलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने माग गरिरहेका छन् ।

एमाले सचिव योगेश भट्टराईले हिंसात्मक अभिव्यक्ति दिने मन्त्री

यादवलाई पदबाट हटाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन् ।

उनले शुक्रबार बिहान सामाजिक सन्जालमार्फत हिंसा भड्काउने

र संविधाको बर्खिलाप भाषण गर्ने मन्त्रीलाई तत्काल हटाउन माग गरेका हुन् ।

भट्टराईले लेखेका छन्, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र

संविधानको बर्खिलाप भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनुपर्‍यो

या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्‍यो । अर्को बाटो छैन ।’

२०६३ चैत ३ गते गौरमा भएको हत्याकण्ड इतिहासकै एक बर्बर र जघन्य अपराधका रुपमा चित्रित छ ।

तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताले २७ जना माओवादी

कार्यकर्ताको विभत्स हत्या गरेको सो घटनालाई राजनीतिकरण

गरिएपछि अहिलेसम्म कसैलाई पनि कारबाही गरिएको छैन ।

जबकि त्यसबेला गौरकाण्ड घटाउने र पीडित दुवै अहिलेको सरकारमा छन् ।

माओवादीले भने मन्त्री यादवका बारेमा केही धारणा सार्वजनिक गरेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय