काठमाडौं –

बतास समूहको पञ्जाबाट नारायणहिटी दरबार संग्राहलय जोगाएका पर्यटनमन्त्री

प्रेम आलेले नेपाल वायुसेवा निगममा फायर खोल्ने भएका छन् ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै

आएका समूहलाई कारबाही गर्न आले तम्सिएका छन् ।

निगमलाई कम्पनी मोडलमा लैजानुपर्ने लबिङ गर्दै आएका तीनजना

सञ्चालकलाई कारबाही गर्ने बाटो पर्यटन मन्त्री आलेले सुरु गरेका छन् ।

बिहीबार भएको निगम सञ्चालक समितिको बैठकमा तीनजना

सञ्चाकललाई प्रवेश नै गर्न नदिएर यसको सुरुवात गरिएको छ ।

बिहीबार भएको निगम सञ्चालक समितिको बैठकमा ७ जना सञ्चालकमध्ये ४

जनाले बहुमतको आधारमा निर्णय गरेका छन् ।

पर्यटन मन्त्री आलेको निर्देशनमा निगम सञ्चालक समिति सदस्यहरु डिमप्रसाद पौडेल,

ईश्वरी पौडेल र फुर ग्याल्जे शेर्पालाई सञ्चालक समितिमा निषेध गरिएको बताइएको छ ।

मन्त्री आलेले तीन पटक सञ्चालक समितिमा उपस्थित नभएको

देखाएर सञ्चालक समितिबाट उनीहरूलाई कारबाही गर्न लागेका छन् ।

तत्कालिन पर्यटनमन्त्री योगेश भट्टराईले नियुक्त गरेका डिमप्रसाद

पौडेल महाप्रबन्धक हुँदा निगमलाई कम्पनी मोडलमा लैजान निरन्तर लबिङ गर्दै आएका थिए ।

उनको अस्वाभाविक व्यवहारका कारण कर्मचारीहरुले आन्दोलन गरेका थिए ।

उनीहरुले पुनः बैठकमा उपस्थित हुने वातावरण नबनाएको भन्दै कार्यकारी

अध्यक्षलाई पत्र पठाउँदै ध्यानाकर्षण पनि गराएका छन् ।

यसको बोधार्थ पर्यटन मन्त्री, सचिव, अर्थ मन्त्रालय राजश्व सचिव र

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाएका छन् ।

यता, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले भने तीनैजना

सञ्चालकलाई समितिको बैठकबारे जानकारी गराइएको बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय