आइतबार , बैसाख २३, २०८१

काठमाडौं ।

सरकारले आसन्न निर्वाचनको तयारी थालेको छ । आगामी वर्ष २०७९ साल निर्वाचनको

वर्ष रहेका बेला सरकार त्यसको तयारीमा जुटेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने

भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने

कार्यभार रहेको उल्लेख गर्दै तयारीमा लाग्न सबै निकाय र दलहरुलाई आग्रह गरेका हुन् ।

‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु,’

उनले भने । सत्ता गठबन्धनमा पहिला स्थानीय तहको निर्वाचन गर्न नहुने आवाज उठे

पनि प्रधानमन्त्री देउवा त्यसमा सहमत छैनन् ।

उनी कि पहिला स्थानीय तहको गराउने र त्यो नभएमा तीनै तहको निर्वाचन एकैपटक गराउने रणनीतिमा छन् ।

देउवाले पहिला संसदीय निर्वाचन र पछि स्थानीय तहको निर्वाचन

गराउने माओवादी अध्यक्ष प्रचण्डको प्रस्ताव अस्वीकार गरेका छन् ।

Source: nepalpana.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय