मंगलबार , बैसाख २५, २०८१

काठमाडौँ –

ग्लोबल आईएमई बैङ्कको भित्री कुरा थाहा पाएपछि लगानीकर्ताहरूले भकाभक सेयर बेच्न थालेका छन् ।

राम्रो प्रतिफल दिन्छ कि भनेर लगानी गरेका लगानीकर्ताहरूले भकाभक आफ्नो नामको सेयर बेच्न थालेका हुन् ।

त्यो पनि संस्थापक लगानीकर्ताहरूले नै सेयर बेच्न थालेपछि दोस्रो बजारका लगानीकर्ता पनि झस्किएका छन् ।

जनता बैङ्कसँग मर्जर गर्दा जति चार्मिङ थियो, त्यो ह्वात्तै घटपछि लगानीकर्ता त्रसित भएका हुन् ।

नेपालको सबैभन्दा ठूलो बैङ्क बन्न रातारात मर्जरमा गएको ग्लोबल

आईएमई बैङ्कले सोचेजस्तो प्रगति गर्न नसकेपछि सेयर बेच्नुको विकल्प नभएको एक लगानीकर्ता बताए ।

‘राम्रो प्रतिफलको आशा थियो । त्यो प्राप्त गर्न सकिएन ।’ नाम उल्लेख नगर्ने सर्तमा ती लगानीकर्ताले भने,

झन् झन् सेवा र प्रतिफल खस्किँदै गएपछि लगानी फिर्ता गर्ने निर्णयमा पुगियो ।’

बैङ्कका अध्यक्ष चन्द्र ढकालले व्यवस्थापनका कर्मचारीलाई अनावश्यक

प्रेसर दिएर कानुन विपरीत थुप्रै काम गर्न लगाएको भन्दै बैङमा जति वेला पनि समस्या आउने उनको भनाई छ

‘कानुनले बन्देज लगाएको ठाउँमा पनि लगानी गर्न पठाएको छ ।

बाफियाको पुरै खिल्ली उडाएको छ । मौद्रिक नीति कुन चराको नाम हो बैङ्कलाई थाहै छैन ।’

उनले भने ‘नियामक निकाय पनि निकम्बा बनेपछि कसको के लाग्दो रहेछ र

अहिले गरेको अपराध कर्मका कारण कुनै समय बैङ्कका अध्यक्षलाई

कारागारमा भेट्नलाई जान पर्नेसम्मको अवस्था आउन सक्ने उनको विश्लेषण छ ।

बैङ्कका अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्ष भइसकेपछि

अरू सञ्चालकलाई समेत अटेरी गरेर आफूखुसी निर्णय लाद्न

खोजेको आरोप एक सञ्चालक समिति सदस्यले लगाए । ‘व्यवस्थापकलाई बारम्बार धम्की दिएको छ ।

केही समस्या आए माथिबाट मिलाउँछु, तपाईंहरू भनेको गर्नुहोस् भन्दै प्रेसर दिएको छ ।’

उनले भने, ‘कहिले कार्यकाल सकिन्छ र बाहिरिन्छु जस्तो भएको छ ।

राजीनामा दिएर जाँदा पनि हुन्थ्यो, तर समाजले असक्षम भन्छ कि भन्ने पीरले बसेको छु ।’

पुँजीका हिसाबले सबैभन्दा ठूलो बैङ्क भए पनि सर्भिस र प्रतिफलका

हिसाबले पुछारमा पुगेको भन्दै ग्लोबलबाट बाहिरिँदा बुद्धिमानी हुने लगानीकर्ताको भनाई छ ।

बैङ्कले अलिकति भएपछि प्रगति गर्ला कि भनेर बसेका संस्थापक लगानीकर्ता

बैङ्कको हालत देखेपछि दिक्क भएर सेयर लिलाम गर्ने तहको अवस्थामा पुगेका छन् ।

बैङ्कलाई आफ्नो नामको सेयर लिलाम गरिदिन निवेदनसमेत दिएको उनीहरूको भनाई छ ।

उसो त बैङ्कले पनि संस्थापक सेयर धनीबाट आफ्नो नामको सेयर बिक्री

गर्नुपर्ने अवस्था आएको भन्दै निवेदन दिएको स्वीकारेको छ ।

बैङ्कको दोस्रो बजारमा संस्थापक सेयर मूल्य सोमबारसम्म 162 रुपैयाँ रहेको छ । Source: motivatenews.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय