शनिबार , बैसाख २२, २०८१

नेपाली राजनिती,

काठमाडौं।

आफ्नै पार्टीका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकार मुलुकको सर्बोच्च न्यायालय इतिहासकै सबैभन्दा विवादग्रस्त र गैरजिम्मेवार भएका बेला नेपाली कांग्रेसका युवा नेता महामन्त्री गगन थापा हिजो सोमबार आन्दोलनकारी वकिलहरुको जमघटमा भाषण गर्न पुगेको देखिए।

नेपाल बार एशोसिएशनको सो कार्यक्रममा उनले प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणालाई जिम्मेदार हुन सुझाव दिए, उनले राणाको बहिर्गमन अनिवार्य न्यूनतम सर्त हो भन्ने बारको आन्दोलनलाई नेपाली कांग्रेसको तर्फबाट समर्थन पनि जनाए।

त्यहाँ माओवादी केन्द्रका अर्का एकजना सांसद गजेन्द्र महत पनि सहमागी थिए। अहिले माओवादीको कुरा छोडौं किनकि त्यो पार्टी जतिसक्दो अराजकता मच्चाउने र त्यसकै वरिपरि आफ्नो भूमिका खोज्ने काममा तल्लीन हुँदै आएको छ। उसले जिम्मेवार राजनीतिक दलको भूमिका खेल्ने कुराको अपेक्षा अझै टाढाको विषय झैं देखिएको घटनाक्रमहरुले।

यस्तो अवस्थामा सत्तारुढ दलको महामन्त्रीले नै को रोना महा मारी फैलाउन सहायक बन्ने काम गरेरको, समूह जम्मा गरी भाषण गर्दै हिँडेको, सामाजिक दूरी पनि पालना नगरेकोजस्ता कार्यले दिने सन्देश के हो गगन थापाजी?

नेपाली कांग्रेसमा पनि अरु केही नेताहरुको कुरा बेग्लै हो, तर गगन थापालाई हेर्ने नजर यतिका दिनसम्म आशालाग्दो नै हो जनताको। तर, उनी हिजो त्यहाँ जसरी प्रकट भए त्यसको उनको आफ्नै इ ज्जतमाथि ध ज्जी उठाएको छ, उनलाई जिम्मेदारी बाेध गर्ने नेता भनेर भन्नेहरुलाई झापट दिएको छ। किनकि उनले आफ्नै सरकारले जारी गरेको कोभि ड १९ सम्बन्धी प्रोटो कलको धज्जी उठाएका छन्।

उनको पार्टी सभापतिको नेतृत्वको सरकारले केही दिनअघिमात्र २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम सार्वजानिक गरेको छ। त्यो सामान्य आह्वानमात्र होइन सरकारको कडाइका साथ लागू गर्ने फर्मान पनि सरकारले सँगसँगै जारी गरेको थियो। के नेपाली कांग्रेसका महामन्त्री गगन थापा सो नियम र सरकारी फर्मानबारे जानकार थिएनन्?

हो पक्कै उनी अझै पनि युवा जोसमै होलान् उमेरका हिसावले। त्यो पनि कांग्रेसभित्र। ६० बर्षको हाराहारीका नेता पनि अझै युवा नेतामै दरिँदै आएका छन् त्यहाँ। तर, अब गगन थापा पार्टीको केन्द्रीय सदस्यमात्र होइनन्।

उनी हिजो त्रिचन्द्र क्याम्पसमा अखिललाई ढुंगा हान्नेजस्तो वा प्रतिपक्षमा बसेर आलोचनाको चर्को भाषण गरेर भीड बढाउनेजस्तो अवस्थामा छैनन्। उनी सत्तारुढ दलका महामन्त्री हुन् र उनको दलले नेतृत्व गरेको सरकारले को भिड १९ सम्बन्धी प्रोटोकल मन्त्रिपरिषदबाटै निर्णय गरेर लागू गरिएको हो।अब गगन थापाले जनतासामु जवाफ दिनुपर्छ कि उनलाई देउवा सरकारको निर्णय थाहा छैन वा उनले थाहा पाउँदा पाउँदै अटेर गरेका हुन्।

यदि उनले आफूलाई जिम्मेवार नेताको रुपमा प्रस्तुत गर्छन् अझै भने यो प्रश्नको जवाफसहित जनतालाई उनले भन्नुपर्छ कि मैले गल्ती गरेको हुँ।सरकारले जारी गरेको नियमको उल्लं घन गरेर वकिलको आन्दोलनमा सहभागी हुन म गएको थिएँ त्यो मेरो गल्ती भयो अब आइन्दा यस्तो गल्ती मबाट हुनेछैन भनेर। होइन मा फी माग्दैनन् भने उनी भीडको राजनीति गर्ने गैरजिम्मे वार नेता नै ठहरिने छन्।

बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सन अहिले यस्तै विवा दमा फसेका छन्। उनले सरकारको प्रोटोकल उ ल्लंघन गरेर एउटा भोजमा सरिक भएको आ रोप उनीमाथि लागेको छ। र, यो आरो पमा उनले विनयपूर्वक जनतासँग माफी पनि मागेका छन्।

बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सन अहिले यस्तै वि वादमा फसेका छन्। उनले सरकारको प्रोटोकल उल्लं घन गरेर एउटा भोजमा सरिक भएको आ रोप उनीमाथि लागेको छ। र, यो आरोपमा उनले विनयपूर्वक जनतासँग मा फी पनि मागेका छन्।

उनले आफूबाट गल्ती भएको स्वीकार गरेर आइन्दा यस्तो नगर्ने वचन पनि जनतालाई दिएका छन्। तर, उनको सो वचनलाई त्यहाँका जनतालाई अझै विश्वास गर्न सकेका छैनन् र उनको राजीनामाको माग सडकमा गरिन थालेको छ।

कांग्रेस महामन्त्री गगन थापासँग बेलायती प्रधानमन्त्री जोन्सनलाई झैं महामन्त्री पदबाट राजीनामा दिएर नैतिकता देखाऊ भन्नुको कुनै अर्थ रहने छैन। तर, को रानाको ओ मिक्रोन महामा रीले मुलुक आक्रान्त छ, राजधानीमा दैनिक हजारौं मानिस संक्र मित छन् र यो संख्या अति उच्चदरले बढ्दो छ।

यस्तो अवस्था मा सत्तारुढ दलको महा मन्त्रीले नै कोरोना महा मारी फैलाउन सहायक बन्ने काम गरेरको, समूह जम्मा गरी भाषण गर्दै हिँडेको, सामाजिक दूरी पनि पालना नगरेकजस्ता कार्यले दिने सन्देश के हो गगन थापाजी?

तपाईंलाई हेक्का छ, बारको कार्यक्रममा कम्तिमा ३० जनाभन्दा बढीको उपस्थिति थियो र तपाईं मन्चमा वारका अध्यक्षसँग जोडिएरै बस्नु भएको थियो। तपाईं नै यसरी महा मारी फैलाउन उद्यत हुने हो भने जनतालाई २५ जनाभन्दा बढी भेला भइहेरौला भन्नुको कुनै तुक छ?

होला त्यसले तपाईंलाई क्षणिक राजनीतिक लाभ पनि मिलेको होस्, आफ्नै सरकार लाचार भएका बेला तपाईंले प्रधानन्यायाधीश राणालाई नैतिकता र जिम्मेवारी सिकाउने कोसिस पनि गर्नु भएको होस् तर एकपटक सोच्नुहोस् त तपाईंले जनताको स्वास्थ्यप्रति कतिको जिम्मेवारी पूरा गर्नु भो?

अझ तपाईं त स्वास्थ्यमन्त्री समेत भएको व्यक्ति हो। तपाईंलाई जनताले अझै यो युवै छ, यसका सबै लहडहरुलाई वेवास्ता गरिदिनुपर्छ र उसका गुलिया भाषणमात्र सुनेर उसलाई समर्थन गर्नुपर्छ भन्ने नै सोचिदिनुपर्ने हो? अलिकति पनि राजनीतिक इमान छ, नैतिकता छ भने कम्तिमा आफ्नो लहडी सो कार्यबारे जनतासँग माफी माग्नुहोस्।

होइन भने गगन थापा पनि उस्तै हो, मुलुकको नियमभन्दा माथिको व्यक्ति जसले चाहे जे पनि गर्न सक्छ भन्ने कुरा नै स्थापित हुँदै जान्छ। अनि तपाईंले गर्ने गरेको लोकतन्त्रका लागि यस्तो कुरा स्थापित हुनु भनेको लोकतन्त्रको हत्या हो।

बरु प्रमुख प्रतिपक्षी दल एमालेले यो विषयमा अहिले आएर जिम्मेवारीपन देखाएको छ। उसले पार्टीका सबै निकायलाई सर्कुलर नै गरेर २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्नु भनेको छ।

गगनजी तपाईं त सत्तारुढ दलको महामन्त्री पो त, दुनियाँले छि छि यो पनि उही ड्याङको मूला हो उस्तै नैतिकहीन, लहडी र सस्तो प्रचारवाज भन्ने दिन नआउँदै अलिकति लाज बाँकी राख्ने कि? यो खबर डिसी नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय