मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

काभ्रे –

एमाले काभ्रेको दशौँ जिल्ला अधिवेशनमा विभिन्न पार्टीबाट वडाध्यक्ष बनेका तीन जना वडाध्यक्षहरू एकसाथ एमालेमा प्रवेश गरेका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट वडाध्यक्ष बनेका रोशी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीदास लामा, सोही पार्टीबाट वडाध्यक्ष बनेका रोशी गाउँपालिका वडा नं. ३ का धनजीत लामा र

नेकपा क्रान्तीकारी माओवादी मोहन बैद्य पार्टीबाट वडाध्यक्ष बनेका सोही गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तेजबहादुर राना मगर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

रा.प्र.पा काभ्रेमा पहिरो नै गएका छन् । रा.प्र.पा काभ्रेको अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, महिला उपाध्यक्ष गंगा लामा, सचिव धनजीत लामा लगायत सयौँ युवाहरू एमालेमा प्रवेश गरेका छन् ।

उनीहरूलाई यस अगाडी नै पार्टीले साधारण सदस्य पनि नरहने गरी कारवाही गरीसकेका थिए । त्यस्ते विभिन्न पार्टी परित्याग गरी हजारौँ युवाहरू एमालेमा प्रवेश गरेका छन् । तीनीहरूलाई ओलीले खादा लगाएर स्वागत गरेका छन् ।रील माण्डुबाट साभार यता पूर्व प्रधान मन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास गर्न नेकपा एमाले चाहिएको बताएका छन् ।

उनले झापाको शिवसताक्षी नगर पालिका–८ झिल झिलेमा वाटर किङडम पार्कको आज उद्घाटन गर्दै एक वर्षपछि एमालेको सरकार आउने र त्यसपछि पाँच वर्ष सत्तामा रहँदा विकास निर्माणको अहिलेसम्म नभएको लहर उनले आउँदो निर्वाचनमा जनादेशबाट एमालेको एकल बहुमतको सरकार स्थापित हुने समेत दाबी गरे ।

उनले आफू प्रधानमन्त्री भएको बेला सुरु गरिएका हजारौँ विकास निर्माणका आयोजना अहिलेको सरकारले बजेट नदिएर ठप्प तुल्याएको आरोप लगाए ।प्रदेश नं १ पर्यटकीय दृष्टिले समृद्ध रहेको चर्चा गर्दै उनले पर्यटन विकासका लागि पचासौँ करोड लगानी हुनु खुसीको विषय भएको बताए ।

कोभिडका कारणले केही समय अन्योल सिर्जना हुँदा निराश नहुन भन्दै उनले समय क्रममा पर्यटक आउने दिनको प्रतीक्षा गर्न आग्रह गरे । दुई बिघा जग्गामा फैलिएको वाटर पार्कमा स्थानीय उद्यमी राजकुमार सङ्ग्रौला र उनको परिवारको रु ५० करोड लगानी रहेको छ । यो खबर साभार गरियको हो । साभार रातोपाटीबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय