बिहिबार , साउन २६, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

२२ पुस,

काठमाडौं। नेकपा एमालेको शुक्रबार हुने काठमाडौं जिल्ला अधिवेशनको उद्घा’टन कार्यक्रममा एक लाख जना सहभागी गराउने दावी गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए ।

यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० निर्वाचन क्षेत्रबाट प्रति निधिहरू छनौट गरिसकेको राईले जनाएका छन् । जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओली सहित केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

शुक्रबार उद्घाटन हुने जिल्ला अधिवेशनको बन्दसत्र भने शनिबार राष्ट्रिय सभागृहमा हुनेछ । जिल्ला अधिवेशन उद्घाटनको दिन काठमाडौंको थली, मूलपानीको पिपलबोट र नारायणटार हुँदै तीन रुटबाट र्‍याली आयोजना गरिने अध्यक्ष कृष्ण राईले जानकारी दिए । यो खबर अनलाइन खबरमा छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय