मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

राष्ट्रिय प्रजातन्त्र पार्टीले काभ्रे जिल्ला कार्य समितिका अध्यक्ष सहित ४ जना पदाधिकारीलाई निष्काशन गरेको छ ।

शुक्रबार बसेको पार्टी केन्द्रको पदाधिकारी बैठकले राप्रपा काभ्रेका अध्यक्ष सहित ४ जनालाई निष्काशन गरेको हो । अध्यक्ष टुल्कु लामा, उपाध्यक्ष श्रीदास लामा, उपाध्यक्ष गंगामाया लामा र सचिव धनजित लामालाई साधारण सदस्य समेत नरहने गरि निष्काशन गर्ने निर्णय गरेको महामन्त्री भुवन पाठकले जानकारी दिनुभयो ।

पार्टीको हित विपरित क्रियाकलाप र गतिविधि गरेकोले ४ जना पदाधिकारीलाई निष्काशन गरिएको महामन्त्री पाठकले बताउनुभयो । उनीहरुलाई कारबाहीका लागि जिल्ला कार्य समितिले केन्द्रीय कार्य समितिलाई सिफारिस गरेको थियो ।

उनीहरु सबै एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार एमालेको २३ गते धुलिखेलमा हुने १० औँ जिल्ला अधिवेशनमा केपी ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गर्ने उनीहरुको तयारी छ ।

यी चारै जना माथि २०७४ सालमा भएको निर्वाचनमा गोकुल बाँस्कोटासँग पैसा लिएर मत बेचेको समेत आरोप लाग्दै आएको छ । राप्रपा नेता रेशम लामा एमाले प्रवेश गरेपछि अहिले निष्कासित भएका सबै नेताहरु थप बिचलित भएका थिए । सबैको समाचारबाट साभार गरियको खबर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय