आइतबार , बैसाख २३, २०८१

नेपाली राजनिती,

काठमाडौं २० पौष ।

एमसीसीका कारण सत्ता गठवन्धनमा फाटो आउने भएको छ । नेकपा माओवादीको आठौं महाधिवेशनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी यथास्थितिमा पारित गर्न नहुने निणर्य गरेको छ ।

काठमाडौं स्थित प्रज्ञा भवनको सम्पन्न भएको महाधिवेशनले ४५ बुँदे समसामायिक प्रस्ताव राख्दै एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने निणर्य गरेको हो । जसको कारण गठवन्धनमा फाटो आउने निश्चय भएको छ । नेपाली कांग्रेस एमसीसी पास गर्ने तयारीमा लागेको छ ।

प्रस्तावमा भनिएको छ, ‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस ।

यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्रराष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’विचारको आधारमा पार्टी गठन गर्ने संविधानको भावना विपरित पार्टीको विधानमा केही उल्लेखित विचार माथी अनाधिकृत हस्तक्षेप गरी अनुचित निर्देशन गरेकोमा त्यसप्रति यो महाधिवेशन कडा असहमति र आपति प्रकट गर्दै त्यसबारे आवश्यक कदम चाल्न पार्टी केन्द्रीय समितिलाई निर्देशन गरिने जारी प्रस्तावमा उल्लेख गरिएको छ ।

प्रस्तावमा अघि भनिएको छ , ‘कालापानी,लिपुलेक लिम्पियाधुरा लगायत नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ । साथै संघीय संसदबाट पारित पूर्ण नक्शालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’

‘प्रतिगमन विरोधी आन्दोलनको क्रममा हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही इन्चार्ज क. डाचाराज वाग्लेको २०७७ माघ २१ गते रहस्यमय ढंगले कथित दुर्घटनामामृ त्यु भएकोमा यो महाधिवेशन उहाँप्रति श्रद्धासुमन प्रकट गर्दै शोक सन्तप्त परिवारजन र पार्टीपंक्तिमा गहिरो समवेदना प्रकट गर्छ ।यो महाधिवेशन क डाचाराज वाग्लेको सन्देहपूर्ण मृत्युबारेमा सरकारले गरिहेको छानविनलाई यथाशीघ्र पुरा गरी प्रतिवेदन सार्वजनिक गर्न जोडदार माग गर्छ ।’ os नेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय