आइतबार , बैसाख २३, २०८१

नेपाली राजनिती,

गुल्मी ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्री रोएकी छन् । उनी नेकपा एमाले सम्झिएर रोएकी हुन् ।

हाल नेकपा एकीकृत समाजवादीबाट मन्त्री बने पनि उनलाई एमालेको यादले सताउन छाडेको छैन । जसका कारण उनी रोएकी हुन् । झाक्री रोएपछि नेकपा एसका अध्यक्ष माधन नेपाल पनि चिन्तामा परेका छन् ।

किन रोइन झाँक्री ?राजनीतिक जीवनको कठिनपूर्ण यात्राका क्रममा नेकपा एसकी सचिव झाँकी गुल्मी पुगेर रोएकी हुन् । गुल्मीमा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनका क्रममा नजिकै एमाले पार्टी कार्यालयको पक्की भवन देखेर भक्कानिएकी हुन् ।

त्यही भवन निर्माण गर्दाको पल सम्झिँदै उनले भनिन, ‘थुप्रै घरहरु निर्माण गरियो, घर भनेको बस्न लायक हुनुपर्छ भन्ने सबैको मान्यता हो ।उक्त भवन निर्माणका लागि पार्टीमा ठूलो योगदान गर्‍यौं । तर त्यही घर अहिले पार्टीबाट अलग भएको छ ।’ यति भनेर उनी रोएकी हुन् । यो खबर साभार गरियको हो । साभार नेपाल पानाबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय