नेपाली राजनिती,

प्रधानमन्त्री शेरबहादुर देउवा एमालेको साथ लिएर भएपनि अमेरिकी सहयोग सम्झौता एमसीसी संसद्बाट पारित गरिछाड्ने गरि अघि बढेका छन् ।

उनले आफूनिकट नेताहरुसँग यो विषयमा छलफलसमेत थालिसकेका छन् । स्रोतका अनुसार उनले सत्ता गठबन्धनबाट एमसीसीको विषयमा सकारात्मक प्रतिक्रिया नआएको र सहयोग नहुने देखेपछि अब प्रमुख प्रतिपक्षी दल नेकपा एमाले को साथ लिनेगरि तयारी थालेका छन् ।

‘आजर भोलि भित्रै प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ता हुँदैछ’–स्रोतले भन्यो ।

पुष ११ गतेको माओवादी केन्द्रको महाधिवेशनको उद्घा’टनसत्रमा नै प्रधानमन्त्री देउवाले एमसीसीको ब’चाउ गरेका थिए । र, यसलाई अघि बढाउनुपर्ने उनको तर्क थियो । उनले एमसीसी कुनैपनि हालतमा नेपालको अहितमा नरहेको पनि जिकिर गरेका थिए ।

उनले आफूले राष्ट्रघा’ती काम गरौंला र रु भन्दै उल्टै प्रश्न गरेका थिए । तर, माओवादी केन्द्रमा एमसीसीलाई लिएर चर्को वि’रो’ध र आ’लोचना छ । महाधिवेशनले प्रतिनिधिहरुले त एमसीसीको खा’रेजीको माग गर्दै आएका छन् ।

तर, सरकारको नेतृत्व गरिरहेको कांग्रेस र यसका नेतृत्व देउवाले भने अब एमालेको साथ लिएर पनि एमसीसी पारित गराउने तयारी थालेका छन् ।
उनले अब एमसीसीलाई धेरै अन्यौलमा नराख्ने भनेर आफूनिकट नेताहरुसँग पनि भनिसकेका छन् । साभार खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय