आइतबार , बैसाख २३, २०८१

नेपाली राजनिती,

काठमाडौँ पुस १९,

पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य यदुवंश झा नेकपा एमालेमा फर्किएका गरेका छन्।

एमाले विभा जन हुँदा समाजवादीतिर लागेका झालाई एमाले अध्यक्ष केपी ओलीले खादा लगाएर पार्टीमा पुन: प्रवेश गराएका हुन्।

प्रदेश २ मा प्रभावशाली नेताका रुपमा रहेका झालाई एमालेमा ल्याउन स्थायी कमिटी सदस्य प्रभु साह र केन्द्रीय सदस्य सन्जीवकुमार झाले भूमिका खेलेका थिए।झा तत्कालीन नेकपाका केन्द्रीय सदस्य थिए।

उनी २०७० मा माले समाजवादीका सहअध्यक्ष थिए। त्यतिखेर त’त्कालीन एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका थिए। यता काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा नेता प्रसाईँले यस्तो बताएका हुन्। उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार)ले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको बताए।

‘प्रिय पार्टी भनेको नै एमाले हो। अब जनताले एमालेलाई रोज्छन्। किनकि हामीले काम गरेका छौं,’ उनले भेन। उनले आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने बताए।

‘यो देशमा माओवादी नै छैनन् नि, कहाँबाट मिल्नु? म माओवादी थिएँ, अहिले एमालेमा गइसकेँ। असली माओवादी त जम्मै गइसके। अहिले कति छन्? प्रज्ञा भवनमा हेर्नुहोस् न, सिनेमा हलमा? आज ७ दिन भयो।

हजार मान्छे होलान् त्यहाँ। हाम्रो महाधिवेशनमा दस लाख मान्छे थिए। तर, हाम्रो ठूला मिडियाले कभरेज गर्न मानेनन्। कन्जुस्याईँ गरे। अब कन्जुस्याईँ नगर्नुहोस, भएको कुरा लेख्नुहोस्,’ उनले भने। अन्न्नपुर्ण पोस्टबाट साभार गरियको खबर।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय