शनिबार , बैसाख २२, २०८१

नेपाली राजनिती,

काठमाडौ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्।

शुक्रबार नेपाल पर्यटन बोर्डको २३ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री आलेले हाल छानबिनका क्रममा रहेका बोर्डका सीईओ धनञ्जय रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको भन्दै आ क्रो श व्यक्त गरे।

आफूलाई खरिद गर्छु भनेर नसोच्न सिइओ रेग्मीलाई मन्त्री आलेले चेतावनीसमेत दिए। ‘उसले चार वटा टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ। इमान बेचेर म यो कुर्सीमा बस्ने वाला छैन,’ उनले भने, ‘विगतदेखि नै यस्तै थियो हजुर भन्छन्। विगतमा का ले का ले मिलेर भाले खाए होलान, तर अब आयो प्रेम आले।’

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बे इ ज्जत भएको टिप्पणी गरे । उनले सिइओ रेग्मीलाई साँडेको संज्ञा दिए ।

मन्त्री आलेले भने, ‘अब यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ। अब त्यो साँढे कस्ते हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ। त्यहाँ बुढापाका, बालबालिकाहरु आउनुभएको छ। त्यतिबेला बधाई दिन आउनुभएको छ। अनि मन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन। क्लाइमेक्स मिल्न त मैले जाँ ड खाने हुनुपर्छ।

यहाँबाट म लण्डनको प्रोग्राममा गएँ। म जाँदै जाँदिन भन्दा जाउँ हजुर भने। त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भनेर ज ब र जस्ती गरेर लगे। त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ ।

भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो। त्यो फोरममा बोल्ने इच्छा थियो। तर त्यो साँढेले केही पनि छैन, बोल्ने कार्यक्रम मन्त्रीज्यू भन्छ। त्यहाँ जान्छु १७ देश जतिका मन्त्रीहरु राउण्ड टेबलमा बसेर आफ्नो देशको विषयमा टुरिजमको विषयमा कुरा राख्छन्।

म आउट अफ रिङ छु। एउटा देशको मन्त्री यहाँबाट लण्डन गएँ, दूतावासमा राखिदियो। लण्डनमा जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौँ त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो। अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ । मलाई एकदमै इरिटेड भयो। अब यस्तो साँढेलाई सीईओ हामीले बनायौँ भने संस्था चल्छ ? ’

मन्त्रीले आलेले थपे, ‘जाउँ हिँड्नुस् र क्सी खान भने। त्यस्तो साँढेलाई ल्याएर सीईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्या म्पे न खाइरहेका छन् म नखाने मान्छे साइडमा उभिरहेँ।

हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ। आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ। उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई। ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर त्यसले सोच्यो होला। त्यो सपनामा पनि नसोचे हुन्छ। इमान बेचेर म यो चियरमा बस्नेवाला छैन।’

मन्त्री आलेले डब्लूटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्न माग गरे। उनले सबै खाने खर्च आफूले व्यहोरेकाले खर्चको बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए। मन्त्री आलेले आफ्नो संस्थाप्रति उत्तरदायी भएर काम गर्न सबै कर्मचारीहरुलाई निर्देशनसमेत दिए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय