नेपाली राजनिती,

काठमाडौं ।

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्धवा प्रदीप पौडेलले आफूहरुले महाधिवेशनमा मित्रवद् प्रतिष्पर्धा गरेको स्मरण गराएका छन् ।

उनले भने,‘त्यो प्रतिष्पर्धाको सन्दर्भमा हामीहरुका प्रति सद्भाव, शुभेच्छा र विशेष सहयोग गर्नुहुने साथीहरुलाई धन्यवाद ज्ञापन गर्ने उद्देश्यले हाम्रो आदरणीय सहमहामन्त्रज्यू उमाकान्त चौधरी दाईले यो

कार्यक्रम राख्नुभएको छ, यो सन्र्दभमा हामी साझा कुरा के गर्न चाहन्छौं भने पार्टीको आन्तरिक प्रतिष्पर्धामा हामीले मित्रवत् रुपमा आफूलाई उठायौं । र, त्यसको परीणाम आईसकेको छ। त्यो विपक्षीसँग

प्रतिष्पर्धा गरेको स्थिति होईन । अन्य राजनीतिक दलसँग प्रतिष्पर्धा गरिएको स्थिति होईन । हाम्रै पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा हो । त्यो पनि एउटा विधिभित्र रहेर गरिएको हो।’

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि उमाकान्त चौधरीले आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता पौडेले यस्तो बताएका हुन् ।

उनले चुनावी प्रतिष्पर्धा हुनु स्वभाविक भएको र चुनावपछि आएको नतिजालाई आफूहरुले हार्दिकतापूर्वक स्विकारेको पनि स्पष्ट पारे ।

उनले भने,‘यो महाधिवेशनमा जित्ने साथीहरुलाई हामी आफ्नो तर्फबाट हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौं। बधाई सँगसँगै हामी सबैको उद्देश्य पार्टी निर्माण गर्ने हो ।

पार्टी सशक्त बनाउने हो । संगठित गर्ने हो । पार्टीलाई देशको नेतृत्व गर्ने स्थितिमा पुर्याउने हो ।’

उनले एमालेले अध्यक्ष केपी शर्मा ओलीको आदेशमा आफ्नो अधिवेशन सम्पन्न गरेको टिप्पणी पनि गरे । उनले भने,‘एमालेभित्रको आन्तरिक लोकतन्त्रक केपी ओलीको कब्जामा रह्यो ।

माओवादीमा पनि यो ढंगको अधिवेशन होला भन्ने मलाई लाग्दैन् । हामीले हाम्रो महाधिवेशनमा जुन रुपमा प्रतिष्पर्धा गर्यौं, यसले कांग्रेसलाई अझै लोकतान्त्रिक पार्टीको रुपमा चिनाएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय