मंगलबार , चैत्र ६, २०८०

नेपाली राजनिती,

झापा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा एमाले प्रवेशकाे लहर व्यापक रुपमा चलिरहेकाे बताउनुभएकाे छ ।

नेकपा एमाले दमक नगर कमिटीले साेमबार दकममा आयाेजना गरेकाे विशाल पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमालेकाे विचार र व्यवहार देखेर एमालेमा प्रवेश गर्नेकाे लहर बढेकाे बताउनुभयाे ।

देश र जनताका समस्या समाधान गर्ने पार्टी नेकपा एमाले मात्र भएकाे भन्दै अध्यक्ष ओलीले याे कुरा सबै नेपाली जनताले बुझेका बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘हिजाे विभिन्न ढंगले यत्रतत्र लाग्नुभएका साथीहरु फेरि पार्टीमा आउनुभएकाे छ, एमालेकाे विचार र व्यवहार हेरेर विभिन्न पार्टीका साथीहरु पनि एमालेमा आउनुभएकाे छ, एमाले देश र जनताकाे पार्टीकाे हाे,

देश र जनताका समस्या समाधान गर्छ भन्ने देखेर र बुझेर नै एमालेमा फर्कने र प्रवेश गर्नेकाे लहर लागेकाे छ, ठिक पार्टी छानेर तपाईंहरु एमालेमा प्रवेश गर्नुभएकाे छ, सबैलाई म हार्दिक स्वागत गर्छु,तपाईंहरुले ठिक पार्टी छान्नुभएकाे छ ।’

यसअघि हिजाे मात्र झापामै र केही दिन अगाडि पर्सा र कपिलवस्तुमा हजाराैंकाे संख्यामा विभिन्न दलका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका उहाँले बताउनुभयाे ।

विभिन्न पार्टीमा विभिन्न गलत प्रवृत्ति रहेका भन्दै उहाँले ती गलत प्रवृत्ति एमालेमा भित्र्याउन नदिन सबैलाई सचेत गराउनुभयाे । राम्रा विचार भए अरु पार्टीका पनि ग्रहण गर्न सकिने उहाँकाे भनाइ छ ।

देश,जनता, राष्ट्रियता,विकास र समृद्धिकाे पक्षमा काम गर्ने पार्टी एमाले भएकाे बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे – ‘विभिन्न पार्टीमा विभिन्न प्रकारका गलत प्रवृत्ति छन्,ती प्रवृत्ति हाम्राे पार्टीभित्र भित्र्याउनुहुँदैन, राम्रा उज्याला,सकारात्मक,देशभक्तिपूर्ण,जनपक्षीय विकासमुखि,स्वच्छ र नैतिक आचरणयुक्त प्रवृत्तिलाई अगाडि बढाउनुपर्छ,जुनसुकै पार्टीका कहिँकतै राम्रा विचार १-२ पनि छन् भने लिनुपर्छ,तर गलत व्यवहार लिनुहुँदैन ।’

एमालेलाई देशप्रति समर्पित, जनताप्रति समर्पित, विकासका उद्देश्यमा समर्पित र समृद्ध नेपाल सुखी नेपालीकाे निर्माण गर्ने महान् गन्तव्यमा पुग्नेगरी अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयाे ।

अध्यक्ष ओलीले देशबाट गरिबी हटाउन सकिने पनि बताउनुभयाे । देशभर नै कसैलाई गरिब बनाउन नदिने अभियान स्वरुप नेकपा एमालेले काम गरेकाे उहाँले बताउनुभयाे । साढे ३ वर्षकाे अवधिमा आफू नेतृत्वकाे सरकारले अभूतपूर्व काम गरेकाे उहाँले बताउनुभयाे । सडक-पुल, बनाउने भूकम्पले ढलेका संरचना उठाउने लगायत कैयाैं काम एमालेले गरेकाे अध्यक्ष ओलीले बताउनुभयाे । एमालेले सरकारमा छँदा सडक बालबालिकालाई व्यवस्थित गरेर आश्रममा राखेकाे उहाँले सुनाउनुभयाे ।

एमालेले गरेका काम नेपाली जनताले देखेका भन्दै उहाँले एमालेले सरकारले केही गरेन भन्ने २-४ जना मात्र रहेका स्मरण गर्नुभयाे । तीमध्ये पनि माधव नेपालले एमालेले केही गरेन भनेर क्यान क्यान गर्ने गरेकाे उहाँले सुनाउनुभयाे । चस्मा लगाएपनि माधवले एमालेले गरेकाे विकास देखेकाे बताउँदै उहाँले भन्नुभयाे – ‘चस्मा त लगाउँछन्,किन देख्दैनन् विकास ?’

पानीजहाज चलाउन सक्छाैं भनेर एमालेले जागरण ल्याएकाे पनि अध्यक्ष ओलीले बताउनुभयाे । एमालेले विकासकाे लहर ल्याएकाे देखेर सरकार ढालिएकाे उहाँले बताउनुभयाे ।

आफू नेतृत्वकाे सरकारले शिलान्यास गरेका १४ सय बाटाे बनाउने याेजना अहिलेकाे सरकारले रद्ध गरेकाे उहाँकाे गुनासाे छ ।एमाले सरकारमा हुँदा विकास निर्माणका लागि पर्याप्त बजेट हुने गरेकाे भन्दै उहाँले अहिलेकाे सरकार पैसा छैन भनेर कामबाट पन्छिएकाे बताउनुभयाे । विकासप्रेमी सरकार ढालेर निकम्मा सरकार बनाइएकाे भन्दै उहाँले अहिलेकाे निकम्मा सरकारले केही गर्नै नसक्ने बताउनुभयाे । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय