बिहिबार , साउन २६, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा आफ्नो पार्टीले बहुमत ल्याउने बताउनुभएको छ ।

देशभरि एमालेको पक्षमा जनलहर आएकाले एमालेको बहुमतलाई कसैले रोक्न र छेक्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

दमक नगरपालिका ३ मा निर्माणाधीन दमक भ्यु–टावरको अवलोकनपछि आज आइतवार आयोजित सभामा अध्यक्ष ओलीले एमालेले गरेको कामलाई देखेर नागरिकले फेरि तीनै तहको चुनावमा आफ्नो पार्टीलाई बहुमत दिएर जिताउने बताउनुभयो ।

‘एमालेलाई देशी, विदेशी शक्तिले सत्ताबाट हटाएको हो’, उहाँले भन्नुभयो, ‘अब जनताले बहुमत दिएर एमालेलाई फेरि सिंहदरबारमा पुर्‍याउँछन् ।’

शनिवार गृह जिल्ला आउनुभएका अध्यक्ष ओली सोमवारसम्म दमकमा रहने बताइएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय