नेपाली राजनिती,

काठमाडौं ।

प्रधानमन्त्री शेर बहादुर देउवाले एमसीसी राष्ट्रघा ती नभएको बताएका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवशेनको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति समेत रहेका देउवाले एमसीसी राष्ट्रघाती भन्नेलाई एकपटक पढ्न सुझाव पनि दिए ।

आफूपनि राष्ट्रवादी भएको भन्दै राष्ट्रघा ती काम गर्न आफूलाई आवश्यक नरहेको उनको भनाइ छ । उनलले एमसीसीलाई अघि बढाउनका लागि छलफल भइरहेको पनि बताए ।

उनले सत्ता गठबन्धन कुनै दलको विरोध गर्नका लागि नभएको जिकिर गरे । देउवाले संसद बचाउदै यसलाई पूर्व अवधि चलाउनका गठबन्धन निर्माण भएको बताए ।उनले अब संसदलाई कसैले भंग गर्न नसक्ने उल्लेख गरे । त्यस्तै उनले गठबन्धनलाई चूनावपछि पनि निरन्तरता दिन तयार रहेको बताए ।

देउवाले शान्ति प्रक्रिया र संविधानसभाको चूनावमा प्रचण्डको भूमिका निकै महत्वपूर्ण रहेको बताए । समावेशी समानुपातिक आधार रहेको नेपालको संविधान बनाउनका लागि पनि प्रचण्डको भूमिका रहेको बताए । यो खबर न्युज २४मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय