शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास भइरहेको छ ।

एकीकृत समाजवादीका नेताहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुँने भन्दै नेकपा एमालेले सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ भने संसदमासमेत निरन्तर अवरोध गर्दै आइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउँदा एमाले सहभागी नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले बैठकमा नआए आफूहरु नै बालकोट जाने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाउँदै अझै पनि बैठकमा नआए आफूहरु नै ओली निवास बालकोट जाने बताए ।

तपाईंहरुले देख्नुभयो, प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो। तर दुर्भाग्य! प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न,’ उनले भने, ‘पटक-पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने। मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न। त्यस्तै हुनुहुन्छ। हाम्रो के लाग्यो? तपाईं र म नै बालकोट जाऔँ। यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ। देशका अरु विषय पनि हल गरौं भनेको छु।’

एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोपसमेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको बताए । उनले कुनै पनि हालतमा संसद विघ’टन हुन नदिने दृढता व्यक्त गरे ।

एमसीसीका सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले आफुहरु विदेशी लगानी वा सहयोग आउनै नदिने पक्षमा नरहेको बताए । उनले भने, ‘विदेशी लगानी वा सहयोग आउनै नदिने भन्ने होइन, सहयोग लिनुपर्ने पक्षमा हामी छौ, तर एमसीसीको बारेमा हरेक पक्षसँग छलफल गरेर अगाडि बढ्न जरुरी छ ।’

अध्यक्ष प्रचण्डले आइतबारदेखि सुरु हुने पार्टीको राष्ट्रिय सम्मेलनमा अगामी दिनमा माओवादी केन्द्र कसरी अगाडि बढ्ने विषयमा विचार विश्लेषण हुने बताए ।

एमाले, काँग्रेस र राप्रपाभन्दा विल्कुल फरक ढंगले राष्ट्रिय सम्मेलन हुने बताउँदै उनले जलवायु परिवर्तनदेखि कृषि, आर्थिक समृद्धि लगायतका विषयमा छलफल हुने बताए ।

संविधान ठूलो बलिदान र संघर्षबाट प्राप्त भएको बताउँदै उनले यसको रक्षा गर्नुपर्नेमा जोड दिए । उनले आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने समेत बताए ।संसद वि’घटन गल’त छ भने कुरामा सबै वर्ग ध्रुवी’कृत भएको बताउँदै अध्यक्ष प्रचण्डले प्रतिगमनको विरुद्धमा सबै एकजुट हुनुपर्नेमा जोड दिए । अन्नपुर्ण टाइम्समा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय