नेपाली राजनिती,

काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले एमसीसीको अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने जनाएका छन् ।

एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि नेपालले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको नेपालको आरोप छ ।

‘एमसीसी नेपाल र नेपाली जनताको कति हितमा भन्ने कुराको अध्ययनन गर्न आवस्यक छ । यदी ठीक छ भने ठीक छ । छैन भने छैन भनेर सत्तापक्षधरले भन्न सक्नुपर्छ । सबैलाई अल्मलाइरहनु हुँदैन,’ ।

नेता नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अध्ययन नगरी पहिला नै एमसीसी पास गर्न खोजेको आरोप लगाएका छन् ।

‘केपी शर्मा ओलीले अहिले पनि विभिन्न दाउपेच खेली तीन दलीय गठबन्धन टुटाउन खोजेका छन्उ ‘। तर दाउपेच गरेर गठबन्धन टुटाउन खोजेकाले सबैलाई सतर्क रहन उनले आग्रह गरे । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय