शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

काठमाडौं, ८ पुस ।

नेकपा ( माओ वादी केन्द्र ) का प्रभावशाली नेता हरिबोल गजुरेलले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो संवैधानिक अधिकारअनुसार नै कामकारबाही गरिरहेको बताएका छन् ।

उनले एमालेले गरिरहेको संसद् अवरोधको आलोचना गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एम सी सीलाई लिएर हिजोदेखि नै विवाद रहेको सुनाए । उनले एमसीसीबारे पार्टीमा पर्याप्त छलफल भएको पनि जिकिर गरे । उनले एमसीसी संसद्बाट पारित हुनुपर्छ भन्ने प्रावधान सम्झौतामा नरहेको भएपनि केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो क्लज थपिएको सुनाए ।

गजुरेलले अब माओवादीले वैचारिक रुपमा आफूलाई बलियो बनाउने र नयाँ ढंगले प्रस्तुत गर्यो भने एमालेभित्र पहिलो जानेवाला रहेको पनि दाबी गरे । उनले भने,‘एमालेभित्र पहिरो जान्छ ।

विगतमा हामीले जनयुद्धको पहल गर्दै जाँदा हामीसँग कति संख्या थियो ? राम्रो काम गरेपछि अरु पछि जोडिँदै गएका हुन् ।’ उनले अहिले माओवादी केन्द्रमा अध्इक्ष प्रचण्डको कुनै विकल्प नभएको जिकिर गरे । हेर्नुस भिडियो, साभार रिपोटर्स नेपालबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय