बुधबार , बैसाख २६, २०८१

नेपाली राजनिती,

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे।

उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए। एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताए।

उनले भने,‘यस्ता मिथ्या आरोपको कुनै अर्थ छैन। एमालेलाई अहिले यो गठबन्धन तोड्न कुनै रुची छैन। सरकारमा जान कुनै रुची छैन।

नेकपा एमालेलाई अहिले कुनै अर्को गठबन्धन बनाएर सरकारमा जाउँ भन्ने छैन। हामी विल्कुल यो सरकार पूर्ण अवधि चलोस्। यो गठबन्धन जारी राखोस् भन्ने पक्षमा छौँ। र स्पष्ट गर्न चाहान्छु म नेकपा एमालेको तर्फबाटकी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नेकपा एमाले छैन।

कुनै शर्तमा पनि हामी एमसीसी यथास्थितिमा पास गर्ने पक्षमा छैनौँ।’ यता नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले गरेको विकासको कामलाई देखेर पार्टी फुटाइएको दाबी गरेका छन्।

एमालेले विकासको गतिलाई तीव्र रुपमा अघि बढाईरहेकाे बेला अनेक बाहानामा पार्टीलाई फुटाएर विकासको गति रोक्ने काम गरिएको उनले बताए।

कपिलवस्तुको बहादुरगंजमा आयोजित पार्टी प्रवेश र आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।‘ अहिले क्रान्तिकारी पार्टी लगायत अनेक बाहानामा जनताालई झुक्याउन खोजिएको छन्, जनता होसियार हुनुपर्छ,’ उनले भने।

उनले बुर्का ओढेर झुक्क्याउनेहरुलाई जनताले जवाफ दिनु पर्ने बताए। उनले कपिलवस्तु लगायत तराईका पानी भारतले उपयोग गरी रहेको ईंगित गर्दै नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताए।

’यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यो कदापी हुँदैन’, ओलिले भने, ‘ कपिलवस्तुमा कृषि सिँचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ,’ अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको पनि दाबी गरे।

बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमाले नै भएको उनले बताए। एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन दिएकाे पनि उल्लेख गरे।

उनले कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताए। एमाले देश जता र आर्थिक विकास र उन्नती गर्ने गरी अघि बढेको उनले बताए।

आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रूपैयाँ रकम विनियोजन तथा सडक पूर्वाधारको लागि रकम विनियोजन गरेको बताए। जनता अवास कार्यलाई निरन्तरता दिई फुसको छानोमुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई आग्रह गरे।

कपिलवस्तुको बहादुरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताए। ‘म ७० वर्षको भए १८ घन्टा काम गर्छु तपाईहरु पनि काम गर्नु अनि मात्र पार्टी अघि बढ्छ,’ उनले भने।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले र अध्यक्ष ओलीलाई घेराबन्दीमा पारिएको आरोप लगाए। बढ्दो लोकप्रियताबाट आत्तिएर एमालेविरुद्ध षड्यन्त्र गरी परादेशको नाममा सत्ता हटाउने खेल गरिएको बताए।

अहिलेको सरकारको नेतृत्व गरीरहेको प्रधानमन्त्री देउवासंग कुनै गतब्य नभएको उनले बताए। अहिले गठबन्धन सरकार डराएर निर्वाचनमा जान नचाहेको भन्दै उनले भने, ‘ जनताको मतको विश्वास नगर्नेहरु जनतामा जान चाहन्न।’ उनले छिटोभन्दा छिटो नयाँ जनआदेश लिनु पर्ने बताए। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको दाबी गरे।

कपिलवस्तु–जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता एमालेमा प्रवेश गरेका छन्। आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको गुप्ताले बताए। अन्य पार्टी परित्याग गरि करिब ७ हजार बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले बताए। यो खबर नागरिक न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय