नेपाली राजनितीफ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीजस्तो ज्याद्रो मान्छेलाई कमलो मन भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिन्न नसकेको बताएका छन् ।

सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रमलाई सम्बोधन गर्दै ओलीलाई प्रचण्डले चिन्न नसकेको बताए ।

ओली प्रधानमन्त्री हुँदा २०७७ पुष ५ गते गरेको संसद वि’घटन गरेका थिए । र, त्यसै दिनलाई कालो दिन भन्दै बहस कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपालले भने, ‘पार्टीमा ओलीले मनोमानी गर्न थालेपछि एक अध्यक्षले पार्टी र अर्कोले सरकार सञ्चालन गर्ने जोडदार माग उठ्यो । सरकार र पार्टी आलोपालो चलाउने सहमति पनि भयो ।

तर कमरेड प्रचण्ड सोझो हुनुभयो । अब मेरो पालो भन्नुपथ्र्यो नि, भन्दै नभन्ने । भर्खरै एकता भएको छ, पार्टी एकता विग्रिन्छ भनेर होला । उहाँको कमलो मनमा त्यही परेछ ।

केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्नु भएन । केपी ओली हत्तुहैरान भएको मान्छे । तर उहाँलाई पनि ओलीले सहन सकेनन् । आधा आधा कार्यकाल । केपी ओली प्रधानमन्त्री हुने समय सकेपछि कसैले कुर्सी ताक्यो भने कुर्सी भाँचिदिन्छु ।’ साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय