नेपाली राजनिती,

काठमाण्डौ ।

एमसीसी सम्झौता संसदबाट पास होला कि नहोला भन्ने ठूलो चासो जनमानसमा छ ।

केही राजनीतिक दलहरुका लागि यो प्रस्ताव घाँडो बनेको छ भने दलहरुबीचको मतान्तरका कारण केही गिजोलिएको पनि छ ।

एमसीसीको विषयलाई लिएर जारी विवादले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि दबाब बढेको छ ।

एमसीसीका सम्बन्धमा बढेको तनावका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‘थाल खाउ की भात खाउ’को अवस्थामा पुगेका छन् । केपी ओली नेतृत्वको सरकार ढाल्न काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारेका उनी अहिले देउवाले अघि सारेको एमसीसी सम्झौता सहमत हुन सकेका छैनन् ।

गठबन्धन टिकाउन देउवासँग सहमत भएर एमसीसी पास गर्न सघाउनु पर्ने देखिन्छ । तर पास गर्न सघाए विगतदेखि नै लिदै आएको एमसीसी विरोधी अडान बेच्नु पर्नेछ ।

त्यसबाहेक गठबन्धन भत्किएर ओली–देउवाको समीकरणमा मुलुक अर्लि इलेक्शनमा जाने सम्भावनामाथि पनि विश्लेषण भइरहेका छन् ।दुवै सम्भावना प्रचण्डका लागि कठिन मात्रै होइन, ‘निल्नु न ओकल्नु’ नै बनेको छ ।

एमसीसी पास गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले दबाब देलान् कि भन्ने चिन्तामा माओवादी केन्द्रका नेताहरु छन् । यथास्थितिमा पास गर्न नसक्ने विगतदेखिकै अडानलाई कायम राखेर अघि बढ्न प्रचण्डलाई नेता कार्यकर्ताहरुले सुझाइरहेका छन् ।

यसका लागि गठबन्धननै त्याग्न परेपनि पछि हट्न नहुने कतिपय नेताको तर्क छ । तर प्रमुख प्रतिपक्षको भूमिका रहेका एमाले अध्यक्ष ओलीले गठबन्धन नै भत्काएर अघि बढ्न तयार भए एमसीसी पारित गर्न सहयोग गर्ने सन्देश देउवालाई दिएको छन् ।

एमसीसी सम्झौता जतिसक्यो चाँडो अनुमोदनको पक्षमा रहेको अमेरिकाले केही समय पर्खिन सक्ने निर्णय लिएपछि प्रधानमन्त्री देउवा गठबन्धनमा दबाब दिएरै भएपनि यो प्रस्ताव पास गर्ने तयारीमा देखिन्छन् ।

सम्झौता पास गर्न नेपाल सरकार प्रतिबद्ध भएको भन्दै मंसिर २८ मा सम्पन्न एमसीसी बोर्ड बैठक आशावादी बनेको थियो । त्यसअघि प्रधानमन्त्री देउवाले एमसीसीको मुख्यालयमै पत्र लेखेर सम्झौता अनुमोदनका लागि सरकार प्रतिवद्ध रहेको विश्वास दिलाएका थिए ।

सभामुखको विदेश भ्रमणको मौका पारी सरकारले संसद् बैठक आह्वान गरेको छ । पुस ६ मा बस्ने संसद बैठकमा एमसीसी प्रवेश गराउने चाहना सरकारको देखिन्छ । यति भएर पनि सभामुखले एमसीसी सम्झौता संसदमा टेबुल गराउने

नगराउने टुंगो छैन । सभामुख अग्नी सापकोटाको भूमिका प्रचण्डका लागि अनुकुल हुन सक्छ ।

सत्ता साझेदार साना कम्युनिष्ट दलहरुभन्दा शक्तिशाली प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेर सम्झौता पास गर्न प्रधानमन्त्रीका लागि बढी सहज छ । यसका लागि देउवाले गठबन्धन भत्काएर ओलीसँग सहकार्य गर्न तयार हुनुपर्नेछ

। यस्तो अवस्था सिर्जना हुँदा एमसीसीमा मात्रै प्रभावित हुने होइन सत्ता समिकरण र आगामी निर्वाचन समेत प्रभावित हुनेछ । यो खबर दैनिक नेपाल न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय