नेपाली राजनिती,

काठमाण्डौ ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए ।

विगतमा ‘गुण्डा ना’इके’ र ‘डन’को छवि भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर काँग्रेसमा आएका थिए ।

फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका हुन् ।

लामा भन्छन्, ‘मलाई एकदमै गौरव महसुस भइरहेको छ । काँग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाइ, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृ’तज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।’ पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमानदारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा रहेकाले आफू जित्छु भन्ने विश्वास रहेको लामाले बताए ।

‘गुण्डा ना’इके’ र ‘डन’को भनेको सुन्दा आफूलाई दुःख लाग्ने पनि उनले बताए । ‘यो मलाई लामो समयदेखि लाग्दै आएको आ’रो’प हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गु’ण्डा ना’इकेको परिभाषा नै थाहा छैन,’ उनले भने, ‘ मलाई गु’ण्डा ना’इके भनेर चिनाउने मिडिया नै हुन् ।

तैँले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्‍यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दुःख लाग्छ ।’

उनले थपे, ‘अस्ति भर्खरै एक अन्तर्वार्ता (ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम) मा एकजना पूर्वमाननीयले बारको आन्दोलन र बारका वरिष्ठ अधिवक्ताको बारेमा अदालतमा गु’ण्डागर्दी गर्‍यो, दा’दागि’री गर्‍यो भनेर भने । त्यहाँबाट मलाई मनमा लाग्यो कि यो गु’ण्डा ना’इके भन्ने शब्द जतिखेर जसलाई मन परेन भने प्रयोग गर्ने शब्द हो कि ?

उहाँले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत विभिन्न वकिलको नामै लिनुभयो । यसलाई के भन्नुहुन्छ तपाईं ? शम्भु थापा गु’ण्डा हो कि हैन ? गणेश लामा गु’ण्डा हो कि हैन ? तपाईंहरुले त्यसरी पहिचान गर्नुपर्‍यो ।’ रातोपाटिबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय