नेपाली राजनिती,

काठमाण्डौ ।

नेकपा एमाले विभाजन गरेर नेकपा एस पार्टीका अध्यक्ष बनेका र पूर्वप्रधानमन्त्री समेत माधव कुमार नेपालले सुन्दै अचम्म लाग्ने काम गरेको खबर बाहिरिएको छ ।

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी बेला बेलामा राष्ट्रिय रुपमा चर्कामा आइरहन्छन् ,त्यो पनि राम्रो भन्दा उ’ट्पट्याङ काम गरेर । यो पटक पनि त्यस्तै भएको छ ।

मेयर चौधरीले नेकपा एसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई दोस्रो पटक नमज्जा सँग थाङ्नामा सुताएका छन् ।

पहिलो पटक केहि समय अघि घरैमा बोलाएर खाना खुवाएर चौधरी एस पार्टीमा प्रवेश गर्न लागेको हल्ला चलेको थियो तर उनले माधव नेपाल खाना खान मात्रै मेरो घरमा आएको भनेर जिल्ल बनाएका थिए भने अहिले अर्को तरिकाले माधव नेपाललाई जिल खुवाएका छन् ।

सम्मानको मामलामा निकै रुचि राख्ने नेकपा एसका अध्यक्ष नेपाल कतै उद्घा’टन र सिलान्यास गर्न पाइयो भने टाउकोले टेकेर पुग्छन् यो पटक इटहरीका मेयर द्धारिकलालले नेपाललाई सिलान्यासकै नाममा नमज्जा सँग जिल खुवाएका छन् । सत्य तथ्य बाहिरिए पछि नेपाललाई लाजमर्दो हुने अवस्था आएको छ ।

मेयर चौधरीले जग्गा धनी सँग कुनै कुराकानी नगरी जग्गा खरिदनै नगरीकन उसको जग्गामा लगेर माधव कुमार नेपालको हातबाट आँखा अस्पताल सिलान्यास गराएका छन् । आफ्नो जग्गामा अस्पतालनै सिलान्यास भैसकेको खबर सुने पछि जग्गा धनीनै तीनछक खाएको खबर छ ।

इटहरी उपमहानगरपालिका, नेत्रज्योति संघ र सेवा फाउण्डेसनको सहकार्यमा करिब २५ करोड लागतमा बन्ने भनेर चौधरीले निकै तामझामका साथ आँखा अस्पतालको सिलान्यास गराएका थिए तर जग्गा धनिले आफुलाई थाहनै नदिई त्यसो गरिएको भनेर आपत्ती जनाए पछि ठूलो हल्लाखल्ला मच्चिएको छ ।

जग्गा धनी फणिन्द्र बहादुर ढकालले आफु सँग कुनै समन्वय नगरिएको भन्दै जबर्जस्ती निर्माण गर्न थालिए अदालतमा गएर मुद्धा हाल्ने बताएका छन् । मेरो जग्गामा गएर सिलान्यासनै गरिसकेछन् त्यो पनि माधव नेपाल ल्याएर म त छक्कै परेँ मलाई केहि थाहा छैन । बनाउँन थालेछन् भने अदालत गएर मुद्धा हाल्छु । तरिका हामीलाई पनि आउँछ ढकालले भनेका छन् ।

अब मैले उनीहरुको जग्गामा गएर सिलान्यास गर्न मिलेन कुकुरले टोक्यो भनेर कुकुरलाई टोक्न भएर कानुनी उपचार खोज्नु पर्ला । जग्गा धनी ढकालले भनेका छन् । यता इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले भने उनीहरुले जग्गा नदिए नजिकै अरुको जग्गा लिएर भए पनि अस्पताल बनाउँने बताएका छन् । यो खत्रर साभाार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय