शुक्रबार , बैसाख १४, २०८१

नेपाली राजनिती,

भिडियो,

काठमाडौं, ४ पुस । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले संसद्म ५ दलीय गठबन्धनकाे बहुमत रहुन्जेल प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैबाट खतरा नरहेकाे बताएका छन् ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेता खनालले भने, “एमसीसी पास नगर्दैमा देउवालाई कुनै खतरा छैन ।

५ दलीय गठबन्धनसँग बहुमत छँदै छ नि । उहाँलाई मनकाे बाघले खायाे हाेला । वनकाे बाघले खान सक्दैन ।”

पूर्व प्रधानमन्त्री खनालले एमसीसीलाई लिएर गठबन्धनमा मतभिन्नता भएकाले यथास्थितिमा पारित गर्नु नहुने बताए । उनले थपे, “गठबन्धनमा मतैक्यता नभएका विषयलाई थाती राख्नुपर्छ ।

एमसीसी लगायत विवादास्पद विषयलाई अघि बढाउन खाेज्दा गठबन्धन विराेधीलाई फाइदा पुग्छ ।” प्रधानमन्त्री देउवाले शक्तिराष्ट्रकाे दबाब र प्रभावमा काम गर्न नहुनेमा पनि जाेड दिए ।

उनले भने, “देशकाे सार्वभौम सत्ताभन्दा ट्रान्समिसन लाइन र सडक ठूलाे हुन्छ ? यस विषयमा म आठ घण्टा बहस गर्न तयार छु । संसद् खुल्याे भने एमसीसीबारे मैले चार घण्टा बाेल्न पाउनुपर्छ ।”

संसद्लाई बन्धक बनाएर केपी ओली पागल प्रलाप गरिरहेकाे आराेप पनि उनले लगाए । उनले भने, “सर्वदलीय बैठकमा नजाने, संसद् अवराेध गर्ने केपी ओली हाम्रावि’रुद्ध अनर्गल पागल प्रलाप गरिरहेका छन् । पार्टीलाई पुँजीवाद पन्थी र दक्षिणपन्थी आहालमा डुबाएका छन् । सिंगाे एमालेलाई पागल बाटाेमा हिँडाएका छन् ।” साभार रिपोटर्स नेपाल , हेर्नुस यो भिडियो,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय