आइतबार , बैसाख २३, २०८१

नेपाली राजनिती,

भिडियो,

काठमाडौ। झापाको क्षेत्र नं ३ बाट २०७४ सालको आम निर्वाचनमा विजयी प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष निर्वाचित भएका छन्।

उनी यसअघि कमल थापा अध्यक्ष रहँदा लगा तार दुई कार्य काल केन्द्रीय समितिका महामन्त्री थिए। वि.सं. २०२२ साल भदौ २२ गते पाँचथर को अमरपुरमा जन्मिएका राजेन्द्र लिङ्देन का बाबु पञ्चायतकालमा गाउँपालिकाको अध्यक्ष बनेका थिए।

बाबुको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै राजनीतिमा लागेका हुन्।

‘शालीन र शिष्ट’ व्यक्तित्व र साङ्गठनिक कुशल ताका कारण झापाका तीन स्थानमा उक्त दलले वडा तहको चुनाव जितेका उनका प्रतिद्वन्द्वी राजनीतिक दलका नेता बताउँछन्। उनका प्रति द्वन्द्वीहरू ‘उनको कमजोरी नेपाली जनताले अस्वीकार गरिसके को विचार वा सिद्धान्त बोकेर हिँड्नु हो,’भन्छन्।

उनी पञ्चायतकालको अन्त्यतिर २०४५ सालमा मेची क्याम्प समा विद्यार्थी सङ्गठनको निर्वाचनमा पञ्चायत समर्थक विद्या र्थी सङ्गठन राष्ट्रवादी विद्यार्थी मण्डलका तर्फबाट अध्यक्ष पद मा उठेर हारेका थिए।

२०४९ सालमा राप्रपाको विद्यार्थी सङ्गठन बन्दा उनी संस्था पक केन्द्रीय अध्यक्ष बनेका थिए। त्यस्तै उनी झापाको तत्का लीन गोल्धाप गाविस को वडा नं ३ वडाध्यक्ष भएका थिए।

राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा लि ङ्देन जिल्ला विकास समिति झापाको सभापति बनेका थिए। उन,,लाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले जिविस झापाको सभापतिमा मनोनयन गरेका थिए।

२०६२/६३ को जन आन्दोलनका बेला उनलाई झापाको बिर्ता मोडमा राजावादी भएको आ,रोप लगाउँदै कालो मोसो दलिएको थियो। सशस्त्र द्वन्द्वकालमा माओवादी कार्यकर्ताले उनको झापा गोल्धापमा रहेको घरमा आगजनी गरेका थिए।

घर ध्वस्त भएपछि उनी परिवारसहित त्यहाँबाट विस्थापित भएर बिर्तामोडमा बसोबास गर्दै आए का थिए। पैतृक सम्प त्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा-भद्रपुर गर्ने आफ्नै माइ क्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ।

०६२/६३ को राजनीतिक परिवर्तनपछि पनि उनले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दा भने छोडेन न्। भाषणमा राजतन्त्र पुन:स्था पना र हिन्दू राष्ट्रबारे उनले कडा अभिव्यक्ति दिने गरेका छन्। केही महिना अघिदेखि मात्र उनी गोल्धापको घर मर्मत गरी त्यहीँ बसोबास गर्दै आएका छन्।

लिङ्देन २०७४ सालको संसदीय चुनावमा प्रतिनिधि सभा सद स्य निर्वाचित भएका हुन्। नेकपा एमालेको समर्थनमा उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ठूलो मतान्त रले पराजित गरेका थिए। एमालेले उनी उठेको क्षेत्रमा उम्मेद वार उठाएको थिएन।

लिङ्देनले उक्त निर्वाचनमा ४४,६१४ मत प्राप्त गरेको र उन का निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।

उनी भन्छन्, ‘किन गर्नु पर्यो एम सिसि पास? जम्मा ५ जना ठुला नेताको सम्पत्ती छानबिन गर्ने हो भने एम सिसि को ५५ अर्व भन्दा बढि रकम संकलन हुन्छ।’ यो खबर साभार गरियको हो । साभार सामाजिक सञ्जाल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय