नेपाली राजनिती,

भिडियो,

नेपाली काग्रेसको १४ महाधिवेशनबाट केहि नेताहरु चम्कीलो हुँदै उदाए भने केहि नेता अस्ताउँने बाटोमा लागेका छन् ।

हेपीएर दबिएर कुनामा रहेको एउटा आवाज फेरी चम्किलो भएर निस्कीएको छ जुन आवाज हो धनराज गुरुङको ।

राजनितीलाई लामो दौड मानिन्छ निरन्तर धैर्यता राखेर दौडिरह्यो भने एक दिन अवस्थ सफल बनिन्छ भन्ने कुराको असली उदाहरण बनेका छन् धनराज गुरुङ ।

पार्टी भित्रको चरम अन्याय अत्याचार र पेलाई सहेर बसेका उनलाई महाधिवेशन प्रतिनिधीहरुको मतले काग्रेसको उपसभापती बनाएको छ, त्यो पनि बिजय कुमार गच्छादरलाई हराएर ।

सत्ताका धुरन्धर खेलाडी गच्छादरलाई रोक्दै गुरुङ दुई मत अन्तरले नेपाली काग्रेसको उपसभापतीमा निर्वाचित भएका छन् ,यो दिन सम्म पुग्नलाई भने उनले निकै संघर्ष र पेलान सहनु परेको छ । उनी माथी भएको अन्यायको महाधिवेशन प्रतिनिधीहरुले एकै पटक व्याज सहित असुल हुने गरि उठाइदिएको चर्चा चल्न थालेको छ ।

यो महाधिवेशनमा उपसभापती निर्वाचित त के उमेदवार पनि बनिन्छ भन्ने सायद उनलाई लागेको थिएन होला तर पार्टी भित्र त्यसमा पनि संस्थापन इतर समुह भन्नेहरुको विचमा भएको किचलोले उनलाई यो ठाउँमा पुर्याएको छ । संस्थापनइतर समूह एक भएर देउवा सँग प्रतिष्पर्धा गरेको भए गुरुङले उपसभापतीको टिकट नपाउँन सक्दथे ।

युवा र लोकप्रिय अनुहारहरुलाई लिएर शेखर कोइरालाले प्यानल बनाएका थिए जसमा चन्द्र भण्डारी र धनराज गुरुङलाई उपसभापतीको उमेदवार बनाइएको थियो । झण्डै झण्डै धाँधली गरेर हराउँन खोजि सक्दा उनी आफैँ चनाखो भएर मतगणना स्थलमा गएर बसेका कारण जित निकालेका थिए । अहिले उपसभापती भएका गुरुङलाई शेरबहादुर देउवाले गत प्रतिनिधीसभाको निर्वाचनमा सांसदको टिकट समेत पत्याएका थिएनन् ।

२०७४ सालको संसदीय निर्वाचन उनका लागि सुखद भएन । संस्थापनइतर समूहमा सक्रिय गुरुङलाई सभापति देउवाले सांसदको टिकट समेत पत्याएनन् । गृहजिल्ला स्याङ्जामा गोपालमान श्रेष्ठ र राजु थापाले टिकट पाउँदा गुरुङ रोकिए । केन्द्रीय सदस्य भइसकेका उनलाई कांग्रेसले समानुपातिकमा समेत राखेन । युवापुस्तामा लोकप्रिय रहेका गुरुङलाई सभापति देउवाले सांसदको टिकटसमेत नपत्याउँदा धेरैले आश्चर्य मानेका थिए । गुरुङझै टिकट रोकिएका बद्री पाण्डे, सुरेन्द्रराज पाण्डेलगायतका नेताले राष्ट्रियसभामा अवसर पाए तर उनले पाएनन् ।

काग्रेसको १२ औं महाधिवेशनमा जनजाति तर्फबाट केन्द्रीय सदस्य जितेका गुरुङले १३ औं महाधिवेशनमा आरक्षणमा प्रतिस्पर्धा गरेनन् । एकपटक आरक्षणबाट लडिसकेकोले अघिल्लो महाधिवेशनमा उनी खुलातर्फको केन्द्रीय सदस्यको प्रत्यासी बने । अधिकांशले धनराजको निर्णय प्रत्युत्पादक हुने चेतावनी दिएका थिए तर उनी २५ मध्ये सातौं नम्बरमा रहँदै केन्द्रीय सदस्यमा विजयी भए ।

विद्यार्थी राजनीतिबाट उदाएका गुरुङ सरल नेता मान्छिन् । सार्वजनिक कार्यक्रमहरूमा जाँदा माला खादा लगाउँदैनन् । जिल्लाका कार्यक्रममा जाँदा महंगा होटलमा बस्दैनन् । कार्यकर्ताकै भान्छाको खान्छन्, तिनकै घर सुत्छन् । संविधानसभाको दुवै कार्यकालमा उनले सक्रियता देखाए । लेखा समितिमा रहँदा भ्रष्टाचार र अनियमितताका फाइलहरू खोल्न लगाए । संसदीय समितिमार्फत गुरुङले राज्यस्रोतको दोहनविरुद्ध निरन्तर खबरदारी गरे ।

डा शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भयो । स्याङ्जासँगै पोखरामा समेत बसोबास भएका गुरुङलाई उपनिर्वाचन लड्न दबाब आयो ।

उपनिर्वाचनमा कांग्रेसले गुरुङलाई उम्मेदवार बनाउने चर्चा तीब्र थियो तर त्यसमा पनि उनी रोकिए । सभापति देउवा असहमत देखिएपछि बुढानिलकण्ठबाटै गुरुङले ‘आफू रेसमा नरहेको’ बताएका थिए । बारम्बार रोकिएका गुरुङ अब उपसभापतिका रुपमा कांग्रेस केन्द्रीय कार्यालय प्रवेश गर्नेछन् ।

कांग्रेसमा दोस्रो वरीयतामा रहने पदमा धनराजको ईन्ट्री सभापति देउवाका लागि ‘स्वभाविक’ हुनेछैन । यद्यपि महाधिवेशन प्रतिनिधिहरुको मन जितेर धनराजले कांग्रेस राजनीतिको केन्द्रमा आफूलाई स्थापित गरिसकेका छन् ।

डा शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेका गुरुङले कांग्रेसको आन्तरिक राजनीतिमा अब शेखर पक्षको नेतृत्वसमेत गर्नेछन् । उपसभापतिमा निर्वाचित भएसँगै गुरुङले पार्टीलाई विधानसम्मत ढंगले सञ्चालन गर्न भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय