नेपाली राजनिती,

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित भएका रक्षा मन्त्री मिनेन्द्र रिजालले भावावेशमा आएर आफूले राजीनामा नदिएको बाताएका छन्।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफू इमोशनमा आएर राजीनामा नदिएको प्रष्ट्याएका हुन्।

उनले आफू महामन्त्री पदमा भारी मतान्तरणले पराजित भएपछि भावावेशमा नभएर नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन्।

‘अहिलेको निर्णय रक्षामन्त्रीको पदबाट राजीनामा दिनु भन्ने मात्रै हो। त्यो भन्दा अगाडि अरू निर्णय के हुन्छ भन्ने बारे सोच्न बाँकी छ। तपाईहरूले मेरो मनोभाव बुझ्नुभएको छ,’ उनले भने, ‘कतिलाई लाग्यो मिनेन्द्रलाई इमोशनमा… अब झण्डै ६५ वर्ष पुग्न लागेको मान्छेलाई इमोशनको के छ र। मलाई आज पनि आत्मविश्वास छ, गर्न सक्छु देशको लागि, जे मा रहेर पनि। मन्त्री, क्रियाशील राजनीतिक जीवनमा रहेर/नरहेर। त्यसैले राजनीतिमा हार्‍या र थाक्या सिपाही हैन।’

मतपरिणामको अन्तिम नजिता सार्वजनिक हुनु अगावै उनले फेसबुक र ट्विटरमार्फत् राजीनामा दिन लागेको घोषणा गरेका थिए।

महामन्त्री पदको लागि कूल ४६८२ मत खसेको थियो। त्यसबाट मीनेन्द्र रिजालले ८०९ मत पाएका हुन्।गगन थापाले ३०२३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याएर महामन्त्रीमा जितेका छन्।

उनले राजीनामाको घोषणा गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतले पनि फोन गरेर राजीनामा दिन आवश्यक छ र भन्दै प्रश्न सोधेकोसमेत बताए। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि साच्चै नै राजीनामा दिने हो र भनेर प्रश्न गरेको पनि बताए। साभार सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय