नेपाली राजनिती,

नेपाली कांग्रेस को १४ औ माहाधिबेशन चलिरहँदा केहीलाई अवश्य लगेको थियो कि नेतृत्वमा परिवर्तन आउँछ, प्रधानमन्त्री शेरबहादुर देउवाको हालीमुहाली समाप्त हुन्छ र फेरि कोइराला रजगज शुरु हुन्छ।

तर, त्यो सम्भव भएन। यसको कारण देउवाका प्रतिष्पर्धी बनी नेतृत्व परिवर्तनका लागि प्रयासमा लागेका डा. शेखर कोइराला स्वयं नै हुन्। उनले जडान गरेका इन्जिनहरु राम्रोसँग चल्न नसक्नु नै कोइरालाको हारको कारण हो।

दोस्रो चरणको मतदान हुनु अघि नै आफूसहित सभापतिका चार जना प्रत्यासी एकतिर उभिँदा देउवालाई बल मिलिसकेको थियो।

५० प्रतिशत मत कटाउन नसकेका कारण सभापति चयन गर्न फेरि दोस्रो चरणमा मतदान गर्नु पर्ने भयो तर शेरबहादुर देउवा खेलाडी हुन् भन्ने कुरा डा. शेखरले सभापतिको उम्मेद्वारीको रापले भुल्न पुगे।

यता शेरबहादुर देउवाले कल्याण गुरुङ र विमलेन्द्र निधिलाई आफ्ना लागि प्रयोग गरेका थिए। जसरी बल्छीमा माछोलाई पार्न गड्याला उनेर थापिन्छ, त्यसरी नै शेखरलाई नत्थी लगाउन निधि र गुरुङ प्रयोग गरेका थिए देउवाले भन्ने कुरा घाम जत्तिकै छर्लंग थियो तर यो कुरालाई शेखरले नजरअन्दाज गरे अर्थात् बुझेर सोही अनुसारको रणनीति बनाउन सकेनन्।

आफूलाई दोस्रो चरणका लागि नपुग मतहरु निधिसँगै थियो तर प्रकाशमान सिंहसँग गएर मागेजस्तो गर्नु भनेको महाधिवेशन प्रतिनिधिलाई बेवकुफ मात्र बनाउनु हो।

कुरा यत्तिहो जितको अन्तर फराकिलो होस् भन्ने चाहना देउवाको रहेको बुझिन्छ। त्यसैले सुरुमा प्रकाशमानको मुखमा रसबरी खुवाउन पुगे देउवा।

इतिहासदेखिको नकारात्मकताको बोझ थाम्नुपर्ने तर सकारात्मकताको जस भने भागमा नपर्ने अवस्थामा शेखर पुगेका थिए यसपटक। तैपनि देउवासँग प्रतिष्पर्धामा उत्रेर आफूलाई कांग्रेसको अर्को समूहको नेताका रुपमा भने उनले आफूलाई उभ्याएका छन्।

शेखरलाई नेता मान्न रामचन्द्र पौडेल पनि सहमत थिएनन्। शेखर पनि पौडेललाई नेता मान्न तयार भएनन्। त्यसैले पौडेल र उनी पक्षधरहरुले शेखरलाई मत मागेनन्, दिएनन्। कांग्रेसमा शेखरको भन्दा हाम्रो योगदान बढी छ भन्ने जमात पौडेल समुहमा निक्लियो। त्यस्तै एक अर्का प्रतिको तीर हानाहान पनि कारक र इगो बन्न पुग्यो।

प्रकाशमान सिंहले त सार्वजनिक रुपमै उमेरमा शेखर जेठो भएपनि राजनीतिमा आफू जेठो भएको धारणा राखेका थिए। यस्तै अर्का हस्ती अर्जुननरसिंह केसीसमेत चूप लागेर बस्न पुगे, देउवा विरोधी भएर पनि उनले खुलेर कोइरालाका लागि मत माग्न सकेनन्।

अरुको के कुरा गर्नु शेखरलाई कोइराला परिवारबाटै घात भयो। विपीपुत्र डा.शशांक कोइराला र गिरिजाप्रसाद कोइरालापुत्री सुजाता कोइराला दुबै मौन बसे र कालान्तरले देउवालाई नै सहयोग पुर्याए। शेखर आफ्नै परिवारसमेत मिलाउन असक्षम भए, आफ्नै इन्जिनहरु चलाउन नसक्ने अवस्थामा पुगे।

गिरिजाप्रसाद कोइरालासँग विद्रोह गरेर देउवाले पार्टी विभाजन गर्दा साथ दिएका प्रकाशमान र निधिहरु किन दिन्थे कोइराला परिवारलाई साथ? पिता गणेशमान सिंहलाई गिरिजाप्रसाद कोइरालाले रुँदै पार्टी छाड्न बाध्य पारेको इख प्रकाशमानसँग पक्कै थियो। यो कुरामा खुल्लाखुलस्त छलफल भएको देखिएन शेखर र प्रकाशमानका बीच।

गिरिजाप्रसादको दोष बोक्नु पर्ने हुँदापनि शेखरलाई यसपल्ट देउवासँग प्रतिष्पर्धा गर्न मुस्किल परेको हो। त्यसमाथि शशांकले काठमाडौं बाहिरकाले प्रकाशमानलाई नचिन्ने भन्दै उनलाई राष्ट्रियस्तरको नेता मान्न अस्वीकार गरेको कुराको असर पनि शेखरलाई नै पर्न पुग्यो।

शेखर कोइरालालाई भोट माग्न ठूला भनाउँदा नेताहरु शशांक कोइराला, अर्जुन नरसिंह केसी, रामचन्द्र पौडेल जस्ता हस्तीहरु मौन बस्नु पनि हारको कारण बन्यो।

जवकि तेह्रौं महाधिवेशनमा दोस्रो चरणको मतदान शुरु हुनु अघि बिभिन्न जिल्लाका जिल्ला सभापतिहरुले वक्तव्य जारी गरेर पौडेलको पक्षमा मत मागेका थिए। अहिले शेखरको लागि सार्वजनिक वक्तव्यमार्फत् मत मागिदिने,खुलेर भन्नेमा महामन्त्रीका उम्मेदवार युवा नेता गगन थापा बाहेक अरु भएनन्।

इतिहासदेखिको नकारात्मकताको बोझ थाम्नुपर्ने तर सकारात्मकताको जस भने भागमा नपर्ने अवस्थामा शेखर पुगेका थिए यसपटक। तैपनि देउवासँग प्रतिष्पर्धामा उत्रेर आफूलाई कांग्रेसको अर्को समूहको नेताका रुपमा भने उनले आफूलाई उभ्याएका छन्। यो खबर विक्रम पौडेल
ले डिसी नेपालमा लेख्नुभयको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय