नेपाली राजनिती,

काठमाडौं । मेडिकल सञ्चालक दुर्गा प्रसाईं एमालेको केन्द्रिय सदस्यको शपथ मिएपछि खुशिले गद्गद् देखिएका छन।

उनी केहि महिना अघिमात्र नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका हुन ।

तर उनले एमालेकै धेरै सिनियर राजनीतिज्ञहरुलाई पछि पार्दै केद्रिन्य सदस्य बन्न सफल भएका छन ।

उनले बुधबार एमाले केन्द्रीय सदस्यको शपथ लिएका छन् । हालै भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकबाट भएको मनोनयनमा परेका प्रसाईंले बुधबार ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्यको शपथ लिएका हुन् ।

चितवनमा सम्पन्न दशौँ महाधिवेशनमै केन्द्रीय सदस्यको दावी गर्दै आएका प्रसाईं त्यतिबेला अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा नाम प्रस्तुत गर्दा आफ्नो नाम नसमेटिएपछि असन्तुष्ट बनेका थिए । यतिसम्म कि आफ्नो नाम नपरेपछि उनी बन्दसत्र हल छाडेर रिसाएर बाहिरिएका थिए ।

पछि उनले चुनावी प्रक्रियामा आफ्नो नाम मनोनयन गर्ने बताएपछि नेताहरुले थामथुम पारेका थिए । तर, एमालेले पहिलो केन्द्रीय कमिटी बैठकबाटै प्रसाईंलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

बुधबार मनोनित ४४ केन्द्रीय सदस्यसँगै शपथ लिएपछि प्रसाईंले पार्टीमा एक खुड्किलो माथि टेक्न सफल भइएको भन्दै खुसी व्यक्त गरे । अरु नेताहरु भन्दा केही ढिला शपथग्रहण हलमा प्रवेश गरेका उनले गद्‌गद् हुँदै भने, ‘आजबाट एक स्टेप चढियो ।’

उनी निकै खुसी भावमा आफू भन्दा सिनियर नेताहरूको नजिक गएर बधाई समेत थापिरहेका थिए ।

प्रसाईंलले पदको जिम्मेवारी बहन गर्दा नेपाली जनता, राष्ट्र, पार्टी र क्रान्तिको हितमा निरन्तर क्रियाशील र समर्पित रहने शपथ लिएका छन् । यस्तै पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई दृढताका साथ अनुशरण गर्दै पार्टी विधानलाई इमान्दारिताका साथ पालना गर्ने कसम पनि प्रसाईंले खाएका छन् ।

पदीय जिम्मेवारीमा रहँदा वा नरहँदा पार्टीको गोपनीयता तथा एकता जोगाउँदै स्वच्छ एवम् नैतिक आचरणयुक्त जीवन बिताउने उनले शपथका क्रममा मार्क्सवाद–लेनिनवाद र जबजलाई मार्गदर्शक सिद्धान्तको रुपमा आत्मसाथ गर्ने शपथ प्रसाईले लिएका छन् । यो खबर दैनिक न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय